नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) द्वारा एकलौटी पार्टी कार्यालय नबेच्न माओवादी केन्द्रलाई चेतावनी

नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) द्वारा एकलौटी पार्टी कार्यालय नबेच्न माओवादी केन्द्रलाई चेतावनी

चितवन : नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) चितवनले संयुक्त वक्तव्य जारी गरी भरतपुर महानगर वडा नं. ४ वैदिक नगरमा रहेको पार्टी कार्यालय एकलौटी नबेच्न नेकपा (माओवादी केन्द्र) लाई चेतावनी दिएका छन् ।

नेकपा (बहुमत) चितवनका इन्चार्ज महेश र नेकपा (क्रान्तिकारी माओवादी) चितवनका इन्चार्ज विकासले सोमबार संयुक्त वक्तव्य जारी गर्दै पार्टी कार्यालयको जमिन र सम्पूर्ण भौतिक संरचना एउटै पार्टी हुँदा खरिद गरिएको र त्यहाँका सबै भौतिक संरचना र जमिनमा ३ वटै पार्टीको बराबर हक लाग्ने गरी जिल्ला प्रशासनको रोहबरमा सहमति भएको भए पनि माओवादी केन्द्र चितवनका सचिव द्रोणबाबु शिवाकोटीले एकलौटी लिलाम गर्ने सूचना निकालेकोमा दुवै पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

महेश र विकासद्वारा जारी संयुक्त प्रेस वक्तव्यमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) चितवन जिल्लाको साउन २६ गते सचिव द्रोणबाबु शिवाकोटीको हस्ताक्षरमा निकालिएको लिलाम गर्नेबारेको सूचनाप्रति हामी दुई पार्टी नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) चितवनको गम्भीर ध्यानाकर्षण भएको छ । भरतपुर महानगर वडा नं. ४ वैदिक नगरमा रहेको उक्त पार्टी कार्यालयको जमिन र सम्पूर्ण भौतिक संरचनाहरू एउटै पार्टी हुँदा खरिद गरिएकाले त्यहाँका सबै भौतिक संरचना र जमिनमा हामी ३ वटै पार्टीको बराबर हक लाग्ने गरी जिल्ला प्रशासनको रोहबरमा सहमति भएको कुरा सर्वविदितै छ ।’

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘अहिले केही समयदेखि नेकपा (माके) ले लिलाम गर्ने भनी निकालेको ७ दिने सूचना तुरुन्त रद्द गरी आवश्यक छलफल गर्न सहज वातावरण बनाउन सम्बन्धित पक्षलाई आग्रह गरिन्छ । अन्यथा उब्जन सक्ने परिणाम भोग्न तयार हुन सूचित गरिन्छ ।’

संयुक्त प्रेस वक्तव्यको पूरा पाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :