नेकपा (बहुमत) कर्णाली ब्युरोको बैठक सम्पन्न

नेकपा (बहुमत) कर्णाली ब्युरोको बैठक सम्पन्न

बर्दिया : नेकपा (बहुमत) कर्णाली ब्युरोको बैठक पार्टी केन्द्रीय सचिवालय सदस्य एवम् ब्युरो इन्चार्ज सङ्गम आरसीको अध्यक्षता र पार्टी प्रवक्ता सुदर्शनको प्रमुख आतिथ्यमा शनिबार बर्दियामा सम्पन्न भएको छ ।

बैठकले दुई महिनासम्म राष्ट्रिय जनजागरण तथा सङ्गठन विस्तार अभियान सञ्चालन गर्ने केन्द्रीय सचिवालयको बैठकको निर्णयलाई ब्युरोका सबै जिल्लामा घनीभूत रूपले सक्रियतापूर्वक लागू गर्ने निर्णय गरेको छ ।

बैठकमा पार्टी केन्द्रीय कार्यालय सदस्य उदयबहादुर चलाउने ‘दीपक’, पार्टी सचिवालय सदस्य एवम् कर्णाली ब्युरोका पूर्वइन्चार्ज समरजङ्गलगायत नेता अतिथिका रूपमा उपस्थित थिए ।

बैठकमा प्रमुख अतिथि पार्टी प्रवक्ता सुदर्शनले सचिवालय बैठकका निर्णय र योजनाहरू सम्प्रेषण गर्नुका साथै बदलिँदो विश्व–परिस्थितिका बारेमा प्रकाश पारेका थिए ।

बैठकमा कार्यालय सदस्य दीपक र सचिवालय सदस्य समरजङ्गले राष्ट्रिय राजनीति र पार्टीको जिम्मेवारीका विषयमा बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :