राष्ट्रघात, महँगी र भ्रष्टाचारविरुद्ध तीन दलको प्रदर्शन

राष्ट्रघात, महँगी र भ्रष्टाचारविरुद्ध तीन दलको प्रदर्शन

चितवन : नेकपा (बहुमत) सहित तीन दलले राष्ट्रघात, महँगी र भ्रष्टाचारविरुद्ध बिहीबार प्रदर्शन गरेका छन् । नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा मसाल (विशेष महाधिवेशन आयोजक समिति) ले संयुक्त रूपमा चितवनमा प्रदर्शन गरेका हुन् ।
विरोध कार्यक्रममा नेकपा (बहुमत) चितवनका संयोजक विजय, नेकपा (क्रान्तिकारी माओवादी) चितवनका इन्चार्ज विकास र नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समिति चितवनका प्रवक्ता कमलले सरकारका राष्ट्रघाती, जनघाती नीति र कार्यक्रमका विषयमा बोलेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :