नेकपा (बहुमत) काभ्रेको दोस्रो पूर्ण बैठक सम्पन्न

काभ्रे : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) काभ्रे जिल्लाको दोस्रो बैठक काभ्रेको बनेपामा बसेको छ । उक्त बैठकको अध्यक्षता तथा सञ्चालन काभ्रे जिल्ला संयोजक कृष्ण सेवाले गरेका थिए । नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् पूर्वी–बागमती ब्युरो इन्चार्ज अटलको प्रमुख आतिथ्य, नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज प्रतापको आतिथ्यमा सम्पन्न बैठकमा आयोजक समितिका सदस्य तथा प्रमुख अतिथि बागमती पूर्वी–ब्युरो इन्चार्ज अटलले राजनीतिक तथा वैचारिक विषयमा प्रशिक्षण दिएका थिए । नेता अटलले समाजवादी क्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्न आमजनताको साथ लिँदै वैज्ञानिक दिशातिर अगाडि बढ्नुपर्ने धारणा पनि राखे ।

जनताका हरसमस्यामा नेकपा (बहुमत) पार्टी निरन्तर सँगसँगै समाधान गर्न लाग्ने, राष्ट्रियता, जनतन्त्र, जनजीविकाका विषयमा, चर्को रूपमा मिटरब्याजी असुल गरेर जनताको ढाड सेक्ने प्रवृत्तिका विरुद्ध काभ्रे जिल्ला पार्टीले जनदबाब र जनसङ्घर्ष गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा अघिल्लो बैठकको पनि समीक्षा गरिएको थियो । बैठकमा उठेका सन्दर्भहरूबारे जिल्ला इन्चार्ज प्रतापले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :