नेकपा (बहुमत) बैतडी र दार्चुलाको संयुक्त प्रशिक्षण सम्पन्न

नेकपा (बहुमत) बैतडी र दार्चुलाको संयुक्त प्रशिक्षण सम्पन्न

दार्चुला : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बैतडी र दार्चुला जिल्लाको संयुक्त प्रशिक्षण तथा बैठक डिलाशैनी गाँउपालिका बैतडीमा सम्पन्न भएको छ ।

सो बैठकमा बोल्दै नेकपा (बहुमत) का नवौँ महाधिवेशन आयोजक समिति सदस्य तथा बैतडी जिल्ला इन्चार्ज वासुदेव जोशीले विप्लव पार्टी सारसङ्गवाद, संसदीय संशोधनवाद, निषेधात्मक अधिभूतवाद, आत्मसुरक्षावाद र जुझारु अर्थवादमा पतन भैसकेको हुँदा तिनीहरूबाट क्रान्ति सम्भव नभएको हुँदा पार्टी पुनर्गठन गर्नु परेको बताए ।

यस्तै केन्द्रीय आयोजक समिति सदस्य तथा दार्चुला जिल्ला इन्चार्ज प्रकाश थापाले आगामी कार्य योजनालाई दृढतापूर्वक कार्याल्यवन गर्नुपर्ने र समाजमा रहेको विकृति विसङ्गति र भ्रष्टाचारको विरुद्धमा भण्डाफोर गर्नुपर्ने बताए ।

बैठकले सङ्गठन गठन पुनर्गठनको लागि र विकृति विसङ्गति र भ्रष्टाचारको विरुद्धमा निरन्तर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकको अध्यक्षता तथा सञ्चालन दार्चुला जिल्ला संयोजक विजय लेखकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :