नेकपा (बहुमत) दोलखाको दोस्रो पूर्ण बैठक सम्पन्न

नेकपा (बहुमत) दोलखाको दोस्रो पूर्ण बैठक सम्पन्न

दोलखा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दोलखा जिल्लाको दोश्रो जिल्ला बैठक दोलखाको पोओटि गाउँमा सम्पन्न भएको छ । उक्त बैठकको अध्यक्षता तथा सञ्चालक दोलखा जिल्ला संयोजक अन्जानले गरेका थिए ।

नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् पुर्बि बागमती ब्यूरो इन्चार्ज अटलको प्रमुख आतिथ्य, नवौँ महाधिवेशन आयोजक समिति सदस्य तथा दोलखा जिल्ला इन्चार्ज बिनय राज शर्माकोको आतिथ्यमा सम्पन्न बैठकले राष्ट्रिय नागरिकता बिधेक spp, mcc भ्रष्टाचार कालोबजारी जस्ता यस भन्दा अघिलो भेलाले तय गरेको निर्णयलाई दोलखा जिल्ला एक भएर अगाडि बढ्ने निर्णय गरेको छ ।

बैठकमा आयोजक समिति सदस्य तथा प्रमुख अतिथि पुर्बि ब्यूरो इन्चार्ज अटलले राजनीति तथा बैचारिक विषयमा प्रशिक्षण दिएका थिए भन्ने दोलखा जिल्ला इन्चार्ज बिनय राज शर्माले सांगठानिक गतिविधिको बारेमा ब्युरो इन्चार्जलाई जानकारी गराए र साथै उपस्थित प्रतिनिधिहरूले आफ्नो–आफ्नो ठाउँबाट रिपोर्टिङ र बैठकका समीक्षा गरेका थिए ।

ब्युरो इन्चार्ज अटल र जिल्ला इन्चार्ज बिनय राज शर्माले उठेका प्रश्नहरूको जवाफ दिँदै समाजवादी क्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्न आम जनताको साथ लिँदै वैज्ञानिक दिशातिर अगाडि बढ्ने साथै जनताको हर समस्यामा नेकपा (बहुमत) पार्टी निरन्तर सँगै समाधान गर्न लाग्ने बताए । साथै रास्ट्रिय जनतन्त्र, जनजिबिका सवालमा नगर गाउँपालिकामा भएको भ्रष्टाचार, किसानले मल नपाएको सवालमा जनदबाब, जनसङ्घर्ष गर्ने भएको छ ।

पार्टीका कार्यनीतिक सवालहरूमा जिल्लाभरि वालपेन्टिङ्ग गर्ने, जिल्ला भरि तीन महिने सङ्गठन बिस्तार अभियानलाई तिब्र रुपले चलाउने, प्रशिक्षण कार्यक्रम चलाउने, जिल्लाको सबै वडामा सेल कमिटी निर्माण गर्ने निर्णय गरेको छ । संयोजकले बैठक सम्पन्न गर्दै ब्युरो इन्चार्ज अटललाई दोलखा जिल्ला पार्टीले भब्य रूपमा स्वागत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :