पत्रकार विवशमाथि प्रहरीले गरेको व्यवहार अमानवीय : नेकपा (बहुमत)

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आगलागीको घटनाबारे समाचार सङ्कलन गर्न गएका पत्रकार रनि विवशमाथि प्रहरीले गरेको व्यवहार अमानवीय भएको ठहर गरेको छ । सोमबार राती सडक अलकत्रा बोकेको डिस्टीब्युटरमा भएको आगलागीको समाचार सङ्कलनका क्रममा उनलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको घटना बाहिरिएसँगै नेकपा (बहुमत) ले भत्र्सना गरेको हो ।

नेकपा (बहुमत) कञ्चनपुरका युवा नेता एवम् कार्यालय सचिव दीपेन्द्रसिंह ऐरीले राष्ट्रियता र जनजीविकाका सवालमा आवाज उठान गर्ने पत्रकार विवशलाई अमानवीय दुव्र्यवहार गर्ने प्रहरीलाई कारबाहीको माग अघि सारेर पार्टीले आधिकारिक धारणा सार्वजनिक गरेको बताए ।

नेकपा (बहुमत) कञ्चनपुरले बुधबार प्रेस विज्ञप्ति जारी गरेर समाचार सङ्कलन गर्न घटनास्थल पुगेका पत्रकार विवशमाथि प्रहरीले गरेको दुव्र्यवहार अलोकतान्त्रिक ठहर गर्दै महान् जनयुद्ध र जनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रकै उपहास भएको जनाएको छ ।

नेकपा (बहुमत) जिल्ला संयोजक नक्साल र इन्चार्ज अर्जुनद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपविरुद्ध सम्पूर्ण प्रेस जगत्ले नै विरोध गर्नु जायज भएको र अबउप्रान्त यस्ता हर्कत नदोहोर्याउन प्रहरीलाई चेतावनी दिइएको छ ।

समाचार सङ्कलन गर्न गएका पत्रकार विवशले प्रहरीलाई मुचुल्काबारे प्रश्न सोध्दा बढी बोल्छस् भन्दै राणाशासनशैलीमा पक्राउ गरी हिरासतमा पुर्याइएको घटनाको राजनीतिक क्षेत्रबाट समेत विरोध भइरहेको छ । यसअघि प्रेस, मानवअधिकार क्षेत्रबाट घटनाको भत्र्सना गरिएका थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :