मूल्य वृद्धिविरुद्ध आन्दोलनमा उत्रिएका नेकपा (बहुमत) का नेता–कार्यकर्ता गिरफ्तार

मूल्य वृद्धिविरुद्ध आन्दोलनमा उत्रिएका नेकपा (बहुमत) का नेता–कार्यकर्ता गिरफ्तार

पोखरा : पेट्रोलियम पदार्थमा गरिएको अत्यधिक मूल्य वृद्धिविरुद्ध पार्टीको केन्द्रीय कार्यक्रमअनुसार आन्दोलनमा उत्रिएका नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का आधा दर्जन नेता–कार्यकर्तालाई प्रहरीले पोखराबाट गिरफ्तार गरेको छ ।

महँगी, एमसीसी सम्झौता र एसपीपी सम्झौताका विरुद्ध निरन्तर आन्दोलन गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कास्कीले मङ्गलबार पोखराको औद्योगिक क्षेत्रनजिकै आयोजना गरेको चक्काजाम कार्यक्रमबाट प्रहरीले नेकपा (बहुमत) का आधा दर्जन नेता–कार्यकर्तालाई गिरफ्तार गरेको हो ।

गिरफ्तारीमा पर्नेमा नेकपा (बहुमत) कास्की संयोजक बद्री अधिकारी, विद्यार्थी नेता गगन परियार, माछापुछ्रे गाउँपालिका सेक्रेटरी भीमसेन परियार, जिल्ला सल्लाहकार धनबहादुर विक, भूमिहीन सुकुमबासी सङ्गठनका जिल्ला संयोजक गोपाल र लेखनाथ सापकोटा रहेका छन् ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिका विरुद्ध नेकपा (बहुमत) ले आज देशैभरि १ घन्टा चक्काजाम कार्यक्रम गरेको थियो । पार्टीले मूल्यवृद्धिविरुद्ध साताव्यापी कार्यक्रम घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :