नेकपा (बहुमत) लुम्बिनी ब्युरो प्रचार–प्रसार तथा प्रकाशन विभागको बैठक सम्पन्न

नेकपा (बहुमत) लुम्बिनी ब्युरो प्रचार–प्रसार तथा प्रकाशन विभागको बैठक सम्पन्न

बुटवल : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) लुम्बिनी ब्युरोको प्रचार–प्रसार तथा प्रकाशन विभागको बैठक सम्पन्न भएको छ । विभागको बैठकमा प्रमुख अतिथि पार्टी ब्युरो इन्चार्ज शार्दूलले प्रकाशन र प्रचारप्रसार क्षेत्र आन्दोलनको महत्वपूर्ण अङ्ग भएकाले देश, जनता र श्रमिक वर्गका पक्षमा निरन्तर सत्य सूचना प्रवाह गरिरहनुपर्ने बताए ।

बैठकले साउन महिनाभित्र त्रैमासिक पत्रिका दर्ता गरी प्रकाशन र प्रचार–प्रसार गर्ने, पार्टी केन्द्रीय प्रकाशन, रातो खबर साप्ताहिक र अनलाइनलाई अझै व्यापक रूपमा जनजनमा प्रचारप्रसार गरी व्यवस्थित गर्ने, प्रत्येक जिल्लामा संवाददाता निर्माण गरी व्यवस्थित परिचालन गर्ने, पत्रकार सङ्गठनको तालिम तथा लुम्बिनी ब्युरोस्तरीय भेला गर्नेलगायत निर्णय गरेको छ ।

बैठकमा नेकपा (बहुमत) गुल्मी जिल्ला संयोजक चिरागको पनि उपस्थिति थियो । बैठकको अध्यक्षता र सञ्चालन नवीनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :