सरकारले जनतामारा काम गर्यो : मिलन राई

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध नेकपा (बहुमत) को जुलुस

सरकारले जनतामारा काम गर्यो : मिलन राई

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) का संयोजक मिलन राईले सरकारले पेट्रोलियमलगायत उपभोग्य वस्तुको मूल्य वृद्धि गरेर जनतामारा काम गरेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध मङ्गलबार दिउँसो काठमाडौँ शान्तिबाटिकामा सिठी जुलुसपछि आयोजित विरोधसभामा सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का संयोजक राईले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर जनतामारा काम गरेको बताएका हुन् । उनले इन्धनको मूल्य बढेपछि सबै वस्तु तथा क्षेत्रको मूल्यवृद्धि हुने भएकाले जनता प्रत्यक्ष मारमा परेको बताए ।

इन्धनमा लगाइएको अनावश्यक कर हटाएर मूल्य समायोजन गर्न सरकारसँग माग गर्दै राईले जनताको आवाज नसुनेर सरकारले मनपरी मूल्यवृद्धि गरिरहे आन्दोलनको आँधीबेहरी आउनसक्ने चेतावनी दिए ।

शान्तिबाटिकाबाट सुरु भएको सिठी जुलुस वसन्तपुर हुँदै घण्टाघर, जमल हुँदै पुनः शान्तिबाटिकामै पुगेर कोणसभामा परिणत भएको थियो । नेकपा बहुमतले महँगी र राष्ट्रियताको सवालमा सडक सङ्घर्षको घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :