नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले ग¥यो महँगीविरुद्ध देशभर प्रदर्शन

नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले ग¥यो महँगीविरुद्ध देशभर प्रदर्शन

काठमाडौँ :नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थलगायत अत्यावश्यक उपभोग्य वस्तुमा सरकारले गरेको अत्यधिक मूल्यवृद्धिविरुद्ध देशभर प्रदर्शन र कोणसभा सम्पन्न गरेको छ । काठमाडौँ रत्नपार्क शान्तिवाटिकामा विरोध प्रदशर्नपछि आइतबार आयोजित कोणसभामा अखिल क्रान्तिकारीका महासचिव मिलन राई र सचिव वीरेन्द्र शाहले सम्बोधन गरेका थिए ।
कार्यक्रममा सम्बोधन गर्दै अखिल क्रान्तिकारीका महासचिव मिलन राईले पेट्रोलियम पदार्थलगायत उपभोग्य सामानको मूल्यवृद्धि गरेर संसदीय व्यवस्थाले जनतालाई आहत थोपरेको बताए । उनले विभिन्न पार्टीमा आबद्ध युवाहरूलाई चुनावको जितको रमाइलोतिर लाग्न छोडेर महँगीविरुद्ध आन्दोलित हुन आह्वान पनि गरे । अर्थमन्त्री जनार्दन शर्माप्रति इङ्गित गर्दै महासचिव राईले भने, ‘हिजो राजतन्त्र र समग्र सामन्ती व्यवस्थाविरुद्ध पड्किएका बन्दुक भोलि तिमीहरूका विरुद्ध नपड्किएलान् भन्ने छैन । तसर्थ तत्काल मूल्यवृद्धि फिर्ता गर र जनतालाई राहत देऊ ।’
अखिल क्रान्तिकारीका सचिव वीरेन्द्र शाहले भने, ‘निर्वाचन सकिएको एक दिन नबित्दै महँगी बढाउने व्यवस्थालाई धुलोपिठो नपारेसम्म श्रमिक जनताको मुक्ति सम्भव हुँदैन ।’
कोणसभाअघि कार्यक्रममा सहभागी नेकपा (बहुमत) का नेता, कार्यकर्ता, शुभचिन्तक र जनसमुदायले महँगीवरुद्ध नारा लगाएका थिए ।
यसअघि डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य अत्यधिक वृद्धि गरेको भन्दै अखिल क्रान्तिकारीले प्रदर्शनको घोषणा गरेको थियो ।
सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेपछि सरकारविरुद्ध जनआक्रोश चुलिएको छ । सरकारले पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पु¥याएको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ पु¥याएको छ ।
यसअघि नेकपा (बहुमत) ले मूल्यवृद्धिविरुद्ध जनसङ्घर्ष घोषणा गर्दै पेट्रोलियम पदार्थमा ५० रुपैयाँ मूल्य घटाउन माग गरेको थियो । नेकपा (बहुमत) केन्द्रीय कार्यालयका तर्फबाट केन्द्रीय सदस्य सुदर्शनले विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थमा ५० रुपैयाँ मूल्य घटाउन माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :