डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य अत्यधिक वृद्धि, अखिल क्रान्तिकारीद्वारा आन्दोलन घोषणा, आज विद्यार्थी दिवससँगै देशभर प्रदर्शन

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य अत्यधिक वृद्धि, अखिल क्रान्तिकारीद्वारा आन्दोलन घोषणा, आज विद्यार्थी दिवससँगै देशभर प्रदर्शन

काठमाडौँ :सर्वसाधारणलाई कथित स्थानीय तहको चुनावमा धकेलेर देउवा सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको अत्यधिक मूल्य बढाएपछि नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले विरोध प्रदर्शन घोषणा गरेको छ ।
प्राप्त समाचारअनुसार वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेपछि सरकारविरुद्ध जनआक्रोश चुलिएको छ । सरकारले पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पु¥याएको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ पु¥याएको छ ।
नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले पेट्रोलिम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध आज आइतबार २ बजे शान्तिवाटिकामा प्रदर्शन गर्ने निर्णय गरेको छ । अखिल क्रान्तिकारीले विद्यार्थी दिवस पनि मूल्यवृद्धि आन्दोलनकै क्रममा मनाउने निर्णय गरेको छ । क्रान्तिकारीले देशैभरका सङ्गठनहरूलाई महाँगीविरुद्ध प्रदर्शन र विद्यार्थी दिवस एकैसाथ मनाउन सूचना पनि जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :