नेकपा (बहुमत) भरतपुर महानगरपालिका चितवनको बैठक सम्पन्न

नेकपा (बहुमत) भरतपुर महानगरपालिका चितवनको बैठक सम्पन्न

चितवन : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) चितवन जिल्ला अन्तरगत भरतपुर महानगरपालिकाको बैठक सम्पन्न भएको छ । बैठक महानगरपालिका सेक्रेटरी राजकुमार तिमिल्सेनाको अध्यक्षमा आइतबार सप्तगण्डकी कलेजमा सम्पन्न भएको हो ।

नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य गुणराज लोहनीको प्रमुख आतिथ्य, नवौँ महाधिवेशन आयोजक समिति सदस्यहरु महेश चौधरी, ध्रुव खड्का, दुर्गा सुवेदी, प्रेम चौधरी, हुकुम खड्का र कृष्ण बरालको आतिथ्यमा सम्पन्न बैठकले विशेष राष्ट्रिय भेलाले तय गरेको नयाँ कार्यदिशा र कार्यनीति अनुसार महानगरपालिका दृढ भएर अगाडि बढ्ने निर्णय गरेको छ ।

उक्त बैठकमा आयोजक समिति सदस्य तथा प्रमुख अतिथि गुणराज लोहनीले चितवन जिल्लामा भएको विशेष राष्ट्रिय भेलाले गरेका निर्णयहरुबारे स्पष्ट पारेका थिए । उनले समाजवादी क्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने बताए । साथै उनले वैज्ञानिक समाजवाद स्थापनाका लागि जनदबाब, जनसङ्घर्ष, जनप्रतिरोध र जनविद्रोह हुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :