नेपाल कम्युनिष्ट पार्टी भोजपुरको बैठक सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी भोजपुरको बैठक सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति भोजपुरको १४ औँ पूर्ण बैठक सम्पन्न भएको छ । जिल्ला पार्टी सचिव तिलक गुरुङ्गको अध्यक्षता र पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज शैलेसको विशेष उपस्थितिमा भोजपुरको सदरमुकाममा यही ६ र ७ गते बैठक सम्पन्न भएको हो । बैठकले गरेका विभिन्न निर्णयहरु विज्ञप्तीमार्फत सार्वजानिक गरिएको छ ।

विज्ञप्ति यसप्रकार छ-
हाम्रो महान तथा जनपृय पार्टी नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति भोजपुरको १४ औ पूर्ण बैठक जिल्ला पार्टी सचिव तिलक गुरुङ्गको अध्यक्षता र पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज कमरेड शैलेसको विशेष उपस्थितिमा भोजपुर जिल्लाको सदरमुकाममा २०७९ बैशाख ६ र ७ गते सम्पन्न भयो । बैठकले गरेका ऐतिहासिक निर्णयहरु यसै विज्ञप्तीमार्फत सार्वजानिक गरिएको छ ।

१.बैठकको शुरुमा महान जनयुद्ध , एकीकृत जनक्रान्ति एवं सम्पुर्ण मुक्ति आन्दोलनमा सहादत प्राप्त गर्ने महान सहिदहरुप्रति श्रदाञ्जली अर्पण गरियो । वेपत्ता, घाइते अपाङ्ग र बन्दि कमरेडहरुप्रति उच्च सम्मान प्रकट गरियो ।
२.क्रान्तिकारी ध्रुविकरणलाई विशेष जोड दिदै जनमत संग्रह मार्फत वैज्ञानिक समाजवाद प्राप्तिको एजेन्डालाई व्यापक बहसमा लैजाने र पार्टीको संगाठन सुदृढीकरण र विस्तार अभियानलाई सञ्चालन गर्न आगामी जेष्ठ मसान्तसम्मका लागि जिल्लाको जनशक्तिलाई दुई टिममा विन्यास गरि अभियान सञ्चालन गर्ने ।
३.एकीकृत जनक्रान्तिको अभियानमा भोजपुर जिल्लाबाट दुई जना कमरेडहरुले शहादत प्राप्त गरेको,हालसम्म पनि क.बम विष्ट ,क.रोहित ढकाल, क.मनिराम राई, क.विकास राई लगायत ११ जना कमरेडहरु देशका विभिन्न जेलहरुमा बन्दि रहनुभएको अवस्थामा आसन्न स्थानिय निर्वाचनमा स्वतन्त्र, राष्ट्रवादि, स्वच्छ छवि भएका उमेद्धारहरु बाहेकलाई सहयोग र स्थानिय निर्वाचनमा समर्थन गर्न नसकिने भएकाले भण्डाफोर अभियान सञ्चालन गर्ने र संघर्षलाई घनिभुत बनाउने ।
४.एमसीसी र अरुण तेस्रोको पोलिङ, मुअब्जा र अधिकरण गरिएको जग्गाको स्वामित्वको विषयलाई राष्ट्रियता र जनजीविकाको विषयमा जोडेर संघर्ष गर्ने ।
५.भ्रष्टचारी, राष्ट्रघाति, जनघाति, सामाजिक अपराधी, कोलोबजारी, मिटर व्याजि र कृतिम अभाव सृजना गर्नेका विरुद्ध जनपरिचालन सहित जनकारवाही गर्ने ।
६.संसदिय व्यवस्थाको विरुद्धमा भण्डाफोर अभियानलाई व्यापक रुपमा टोल–टोलसम्म सञ्चालन गर्ने ।
७.समग्र जिल्ला पार्टीलाई आत्मनिर्भर बनाउनका लागि जिल्लाको दुई ठाउँमा शुरु गरिएको १०/१० रोपनीको कृषि उत्पादनलाई व्यवस्थित बनाउने ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :