नेपालले मकाउलाई १–० गोलले हरायो

nepal-champions

काठमाडौं :३० कात्तिक, मकाउलाई पराजित गर्दै नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको छ । यससँगै यू-२३ सहित उपाधिको हृयाटि्रक मात्र गरेन, पहिलो महादेशीय उपाधि पनि उचाल्यो ।

मलेसियाको कुचिङमा मंगलबार भएको फाइनल भिडन्तमा नेपालले मकाउलाई १-० गोल अन्तरले पराजित गरेको छ ।नेपालको जितमा सुजल श्रेष्ठले निर्णायक गोल गरे । खेलको २९ औं मिनेटमा भरत खवासको पासमा सुजलले हेड गोल गरेका थिए ।

नेपालले माघमा बङ्गबन्धु कपको उपाधि जितेको थियो । तर, यो अन्तराष्ट्रिय मान्यता पाएको प्रतियोगिता थिएन । लगतै सागको फुटबलमा स्वर्ण जितेको नेपालको एकै क्यालेेण्डर वर्षमा यो तेस्रो उपाधि हो ।

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :