नेकपा बैतडी जिल्लाको १८ औँ पूर्ण बैठक सम्पन्न

नेकपा बैतडी जिल्लाको १८ औँ पूर्ण  बैठक सम्पन्न

बैतडी: नेपाल कम्युनिष्ट पार्टी बैतडी जिल्ला समितिको १८ औँ पूर्ण बैठक सम्पन्न भएको छ । जिल्ला सेक्रेटरी राम सिंह कुवर लक्ष्मणको अध्यक्षतामा र केन्द्रीय सदस्य एवं बैतडी, दार्जुला जिल्ला इन्चार्ज दल बहादुर धामी अग्नीको विशेष उपस्थितिमा महत्वपूर्ण निर्णयहरु गर्दै बैठक समापन भएको हो ।

बैठकले दलाल संसदीय व्यवस्थाको भण्डाफोरलाई व्यापक बनाउने, स्थानीय चुनावमा राष्ट्रघातीहरु MCC का पक्षधरहरुलाई जनताबाट नाङ्गेझार बनाउने र प्रतिरोध गर्ने, भ्रष्टचारी, राष्ट्रघाती, जनघाती सामाजिक अपराधी र कृतिम अभाव सिर्जना गर्नेहरुलाई कार्वाही गर्ने लगायतका निर्णय गरेको छ ।

बैठकले देहाय बमोजिम निर्णय गरेको छ-
१. बैठकको शुरुवातमा महान जनयुद्ध एकीकृत जनक्रान्ति लगायत परिवर्तनका आन्दोलनमा बलिदान गर्नु हुने सम्पूर्ण महान शहिदहरुप्रति श्रद्धान्जली अर्पण र घाइते, अपाङ्ग, बेपत्ता, बन्दी योद्धाप्रति उच्च सम्मान गरियो ।
(१)राष्ट्रवादी र क्रान्तिकारीहरुको ध्रुवीकरणलाई जोड दिने ।
(२)संसदीय व्यवस्थापनबाट गरिने स्थानीय चुनावमा राष्ट्रवादी स्वतन्त्र उत्पिडित समुदाय र स्वच्छ छवी भएका उमेदवारलाई सहयोग गर्ने ।
(३) तपसिल अनुसार संघर्षको कामलाई निरन्तर अगाडि बढाउने ।
क. MCC लगायत राष्ट्रघात विरुद्धको संघर्षलाई तिव्रता दिने ।
ख. दलाल संसदीय व्यवस्थाको भण्डाफोरलाई व्यापक बनाउने ।
ग. प्रत्येक टोल टोलसम्म भण्डाफोर अभियान संचालन गर्ने ।
(४) भ्रष्टचारी, राष्ट्रघाती, जनघाती सामाजिक अपराधी र कृतिम अभाव सिर्जना गर्नेहरुलाई कार्वाही गर्ने ।
(५)स्थानीय चुनावमा राष्ट्रघातीहरु MCC का पक्षधरहरुलाई जनताबाट नाङ्गेझार बनाउने र प्रतिरोध गर्ने ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :