पार्टीको नीतिविपरीत काम गर्ने राम सेढाईं नेकपाबाट निष्कासित

पार्टीको नीतिविपरीत काम गर्ने राम सेढाईं नेकपाबाट निष्कासित

चितवन : नेकपा चितवनले पार्टीका जिल्ला सदस्य राम सेढाईंलाई पार्टी नीतिविपरीत गतिविधि गरेको भन्दै कारबाही गरेको छ । पार्टी जिल्ला सेक्रेटरी मीनप्रसाद सापकोटाले विज्ञप्ति जारी गरी सेढाईंले पार्टी नीतिविपरीत काम गरेकाले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको जनाएका छन् ।

सेक्रेटरी सापकोटाले १८ गते जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी चितवनका जिल्ला सदस्य तथा विगतदेखि राप्ती नगर पार्टीअन्तर्गत कार्यरत राम सेढाईंले पार्टी नीतिविपरीत गतिविधि गरेको हुँदा निजलाई आजकै मितिदेखि लागू हुने गरी नेपाल कम्युनिस्ट पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको जानकारी गराइन्छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :