छात्रामाथि यौनहिंसा र यसको अन्त्यबारे अखिल (क्रान्तिकारी) द्वारा बुटवलमा अन्तरक्रिया

छात्रामाथि यौनहिंसा र यसको अन्त्यबारे अखिल (क्रान्तिकारी) द्वारा बुटवलमा अन्तरक्रिया

बुटवल : नेकपा निकट अखिल (क्रान्तिकारी) छात्रा विभाग, लुम्विनी प्रदेशले छात्रामाथि हुने यौनहिंसा र यसको अन्त्यबारे बिषयक अन्तरक्रिया कार्यक्रम बुटवलमा सम्पन्न गरेको छ ।

अन्तरक्रिया कार्यक्रमा बोल्दै नेकपाका बुटवल नगर सेक्रेटरी बिरेन्द्र बिकले महिलामाथि मानसिक, शारीरिक, सांस्कृतिक, आर्थिक सबै क्षेत्रमा हिंसा भएको बताए । उनले पुँजीवादले सुन्दरताको नाममा महिलालाई साधनको रूपमा प्रयोग गरेको बताउँदै यस्ता हिंसात्मक घटनाको अन्त्य अहिलेको राज्यसत्ताबाट सम्भव नभएकोले महिलाहरूले हिंसा अन्त्यका लागि यस्ता खालका घटनाहरूलाई साझा बिषय बनाएर लाग्नुपर्र्नेे बताए । यस्तै अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष रूपा बुढामगरले केही समय अगाडि मोरङ, चितवन र सल्यानमा छात्रामाथि भएको यौंनजन्य हिंसाको घोर भत्र्सना गर्दै राज्यव्यवस्थाका हिंसा भोगिरहन परेको भन्दै व्यवस्था परिर्वतनका लागि सचेत युवा विद्यार्थीहरू लाग्नुपर्ने बताइन् ।

त्यसैगरी नेकपा एकीकृत समाजवादी सम्बद्ध युवा संघ नेपालका केन्द्रीय उप–महासचिव सरिता श्रीस मगरले पुँजीवादले महिलालाई बस्तुको रूपमा चित्रण गरिदिएको र महिला पुरुषका व्यक्तिगत सम्पत्ति बनाएको बताइन् । उनले महिलालाई महिला कै आवरणमा हिंसा गर्ने पितृसत्ताका मतियार हुन सक्ने भन्दै यसमा सचेत र सङ्घर्ष गर्नुपर्ने बताइन् । यस्तै अधिवक्ता तथा मानव अधिकारकर्मी, राष्ट्रिय स्वाधीनताको लागि नागरिक मञ्चका संयोजक पदम कार्कीले महिलाहरूले आफूमाथि भएको हिंसा व्यक्त गर्न नसक्नु भनेको पनि हिंसा भएको बताए । उनले नावालिका, असक्त महिला, बृद्ध महिलामाथि हुने यौनजन्य अपराधको फासी बाहेक सबै सजाय हुने बताए । उनले अब विद्यालयमा शिक्षक चयन गर्दा शैक्षिक योग्यता मात्र नभएर उसको मनोदशामा पनि ख्याल गर्नुपर्ने बताए ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) का जिल्ला उपाध्यक्ष पारस राहादी मगरले छात्राहरूमाथि हुने यौनहिंसा र यसको अन्त्यबारे अवधारणा पत्र प्रस्तुत गरेका थिए भने अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य साया सापकोटाको सञ्चालनमा भएको कार्यक्रमको अध्यक्षता अखिल (क्रान्तिकारी) छात्रा विभाग लुम्विनी प्रदेश प्रमुख अमृता घर्तीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :