नेकपा दैलेखद्वारा ३ राेपनी जमिनमा आलु खेती सुरु

नेकपा दैलेखद्वारा ३ राेपनी जमिनमा आलु खेती सुरु

नेपाल कम्युनिस्ट पार्टी दैलेखले, गुराँस गाउँपालिकाकाे स्यालभैरीमा ३ राेपनी जमिनमा आलु खेती सुरु गरेकाे छ ।
नेकपा दैलेखले वैचारिक, राजनीतिक सांगठनिक, आर्थिक कामसँगै उत्पादनका कामहरु गरिरहेकाे नेकपा दैलेखका सेक्रेटेरी दिपेन्द्रले जानकारी दिए । पार्टीलाई आत्मनिर्भर बनाउन आफुहरु सक्रिय भएकाे उल्लेख गर्दै पार्टीले राजनीतिक कामसँगै उत्पादनका कामहरुमा जाेड दिनुपर्ने बताए ।

पार्टीको केन्द्रीय नीति र जिल्लाकाे याेजनामा उत्पादनकाे काम अगाडि बढाइएकाे नेकपा दैलेखका सदस्य तथा गुराँस गाउँसमिति इन्चार्ज विश्वले बताए ।   

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :