नेकपाले लगायो स्वास्थ्य सेवा कार्यालयका प्रमुखलाई कालोमोसो

जाजरकोट : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपालले स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टीकाराम जैसीलाई कालोमोसो र जुत्ताको माला लगाएर जनकारबाही गरेको छ । सोमबार जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटको कार्यकक्षमै पुगेर युवाहरूले भ्रष्टाचारी जैसीलाई कालोमोसो दल्दै जुत्ताको माला लगाएर जनकारबाही गरेका हुन् ।

प्राप्त समाचारअनुसार कोरोना महामारीको समयमा सबभन्दा बढी रकम भ्रष्टाचार गरेको सङ्गठनले जनाएको छ । जैसीले त्यसबाहेक कार्यालय प्रयोजन, भौतिक संरचना निर्माण र मर्मतलगायत बिरामीलाई दिनुपर्ने खाजा रकमसमेत ५० लाखभन्दा बढी रकम हिनामिना गरेको युवा संगठन नेपाल जाजरकोटद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसअघि पनि जाजरकोटकै छेडागाड नगरपालिका ६ का वडा अध्यक्ष रामबहादुर केसीलाई अखिल (क्रान्तिकारी) जाजरकोटले लाखौँ भ्रष्टाचार गरेको भन्दै कालामोसो दलेर जुत्ताको माला लगाई जनकारबाही गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :