मुलुकमा थप एउटा राष्ट्रघात भएको छ : मोहन वैद्य ‘किरण’

राष्ट्रघाती एमसीसीविरुद्ध जनसभा सुरु

मुलुकमा थप एउटा राष्ट्रघात भएको छ : मोहन वैद्य ‘किरण’

काठमाडौँ : काठमाडौँमा नेकपासहित ६ दल र २ मोर्चाको आह्वानमा एमसीसीविरुद्ध जनसभा सुरु भएको छ । दसौँ हजार क्रान्तिकारी र देशभक्त शक्तिको सहभागितामा सुरु भएको प्रदर्शन र जनसभामा नेकपाका महासचिव विप्लवलगायत ६ दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

कार्यक्रमको अध्यक्षता गरिरहेका नेकपा क्रान्तिकारी माओवादकिा महासचिव मोहन वैद्य किरणले एमसीसीविरोधी आन्दोलन जारी रहेको र यसको ऐतिहासिक महत्व रहेको बताए छ । उनले भने, ‘यो राष्ट्रघाती छ । नेपालमा एउटा राष्ट्रघात थप भएको छ । रूपमा यो सम्झौता आर्थिक सहयोग भनेर आइरहेको छ । तर सारमा यो हिन्द प्रशान्त रणनीतिसँग सम्बन्धित छ र नेपाललाई अमेरिकाको सैन्य अखडा बनाउने उद्देश्यमा आधारित रहेको छ ।’

उनले यो साम्राज्यवादको नवउपनिवेशवादी चरित्रअनुसार आएकाले कम्युनिस्ट आवरणमा गएका सबैले राष्टघाती सम्झौता एमसीसी पारित गरेर थप राष्ट्रघात गरेको बताए । देशभक्तहरु, वामपन्थीहरु, कम्युनिस्टहरु, सच्चा लोकतन्त्रवादीहरु, सच्चा क्रान्तिकारीहरु एक भएर अमेरिकी साम्राज्यवादको धृष्टतामा यो सम्झौताको निरन्तर, दृढतापूर्वक विरोध गर्दै सशक्त आवाज उठाउनु आवश्यक रहेको उनले बताए ।

राष्ट्रघातीहरुलाई अर्याघाटमा खरानी पार्छौं : सुवेदी

कार्यक्रममा जनक्रान्तिका महान् सहिद परिवार सङ्गठनकी अध्यक्ष खुमा सुवेदीले एमसीसीमा राष्ट्रघाती सम्झौता गर्नेहरुलाई आर्यघाटमा खरानी पार्न जुटिरहेको बताइन् । राष्ट्रघातीहरुलाई देशबाट खेद्नुपर्ने उनले बताइन् । देश बलिरहेको समयमा मध्यरातमा राष्ट्रघाती एमसीसी पारित गरिएकाले जनताको मुक्ति आन्दोलनमा खुट्टा नकमाउन अन्दोलनकारीलाई आह्वान गरिन् । सेना र प्रहरीलाई पनि राष्ट्रियता रक्षाको आन्दोलनमा एक हुनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा सामना परिवारले एमसीसीविरुद्ध देशभक्तिपूर्ण, क्रान्तिकारी गीत र नृत्य प्रस्तुत गरिरहेको छ ।
कार्यक्रमको सञ्चालन नेकपाका प्रवक्ता प्रकाण्डले गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :