संयुक्त सङ्घर्ष समितिद्वारा जिल्ला प्रशासन कार्यालय हेटौँडा घेराऊ

संयुक्त सङ्घर्ष समितिद्वारा जिल्ला प्रशासन कार्यालय हेटौँडा घेराऊ

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको नेतृत्वमा राष्ट्रघाती एमसीसी सम्झौता विरुद्धको संयुक्त सङ्घर्ष समितिले बिहीबार जिल्ला प्रशासन कार्यालय घेराऊ गरिएको छ । हेटौँडाको बुद्ध चोकदेखि सुरु भएको विरोध प्रदर्शन सहितको र्याली जिल्ला प्रशासन कार्यालय पुगेर कार्यालय घेराऊ गरिएको हो । र्याली सहितको जिल्ला प्रशासन कार्यालय घेराऊ कार्यक्रममा विभिन्न पार्टी तथा मोर्चाका नेता कार्यकर्ताका साथै स्वाभिमानी मकवानपुरे जनता र अध्ययनरत शिक्षित विद्यार्थीहरूको पनि सहभागिता रहेको थियो ।

बिहीबार दिउँसो भएको जिल्ला प्रशासन कार्यालय घेराऊ कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका सेक्रेटरी वाटरले राष्ट्रघाती एमसीसी सम्झौताको विरुद्ध सडकमा कराइरहेका स्वाभिमानी, देशभक्त र राष्ट्रप्रेमी बहु सङ्ख्याक जनताको अपमान गर्दै एमसीसी सम्झौता संसदमा टेबल गरी गल्ती त गर्यो–गर्यो अब फेरि अटेर गर्दै एमसीसी पारित गर्ने दुष्प्रयास नगर्न खबरदारी गरेका छन् । उनले भने, ‘यदि सरकारले नेपाली जनता र देशको हित विपरीत देशद्रोही कदम चालिन्छ भने उक्त कदमको विरुद्ध ढुङ्गा, माटो, ईट्टा, झण्डा बोक्ने लठ्ठीलाई समेत हतियार बनाएर नेपाली जनता सडकदेखि सदनसम्म आइपुग्ने छन् । त्यसपश्चात देशद्रोही, दलालहरू देश छोडी भाग्नुको विकल्प नरहेकोले त्यो दिन आउन नदिन आजै सजग र सचेत भई देश र जनताको हितमा कदम चाल्न आग्रह पनि गरेका छन् ।’ साथै कार्यक्रममा विभिन्न पार्टी र मोर्चाका नेतृत्वले राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध आफ्ना विचार स्पष्ट रुपमा राखेका थिए ।

यसरी मकवानपुरका स्वाभिमानी जनताको उपस्थितिमा भएको राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध आयोजित विरोध प्रदर्शन सहितको जिल्ला प्रशासन कार्यालय घेराऊ कार्यक्रम शान्तिपूर्ण ढङ्गले सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :