राष्ट्रघाती एमसीसीविरुद्ध गुल्मीमा संयुक्त विरोध सभा

राष्ट्रघाती एमसीसीविरुद्ध गुल्मीमा संयुक्त विरोध सभा

गुल्मी : राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध गुल्मीमा संयुक्त विरोध सभा सम्पन्न भएको छ । तम्घासको लाकुरीबासमा भएको सभामा नेकपा गुल्मीका कार्यवाहक सेक्रेटरी वसन्तले एमसीसी सम्झौता संसदमा टेबल गरेर गम्भीर राष्ट्रघात गरेको भन्दै तत्काल खारेज गर्नुपर्ने बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अशोक थापा, नेकपा एकीकृत समाजवादीका गणेश विक, राजमोका हरी न्यौपाने, नेकपा क्रान्तिकारी माओवादीका केशव अधिकारीले एमसीसी हिन्द प्रशान्त रणनीतिको अङ्ग भएको भन्दै यसको खारेजीको विकल्प नभएको बताए ।

कोणसभामा यो सम्झौताविरुद्ध हस्ताक्षर समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :