एमसीसीको पक्षमा मतदान गर्ने सांसदहरूलाई इच्छाकामना गाउँपालिका प्रवेश निषेध

चितवन : नेपाल कम्युनिस्ट पार्टी चितवनको इच्छाकामना गाउँपालिका कमिटीले हाल नेपाल सरकारले ल्याउन खोजेको राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको लागि इच्छाकामना गाउँपालिकाको कार्यालयको मुल गेटमा एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने सांसद र नेताहरूलाई इच्छाकामना गाउँपालिकामा प्रवेश निषेध गरेको छ ।

उक्त कार्यक्रम नेकपा जिल्ला सचिवालय सदस्य एवम् इच्छाकामना गाउँपालिका इन्चार्ज रघुबिरको नेतृत्वमा गरिएको थियो भने सोही गाउँपालिका अन्तर्गत युवा तथा समाजसेवी बिपिन लगायत राष्ट्रवादी युवाहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :