जनयुद्ध दिवसको अवसरमा नेकपा उदयपुरद्वारा बन्दीहरुलाई फलफूल वितरण

जनयुद्ध दिवसको अवसरमा नेकपा उदयपुरद्वारा बन्दीहरुलाई फलफूल वितरण

२७ औं जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी उदयपुरले जिल्ला कारागार गाईघाटमा रहेका २०६ जना कैदी बन्दीहरुलाई फलफूल वितरण गरि खुशीका साथ जनयुद्ध दिवस मनाएको छ ।

उक्त कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य विवेक कुमालले जेलमा रहेका बन्दीहरुलाई उच्च मनोबल हुन्ने गरि र जेलमा आइपरेका समस्याहरुको बारेमा नेकपाले यहाँका प्रशासनहरुसँग छलफल गरिरहेको जानकारी दिए । साथै कारागारमा भएका समस्याहरुलाई समाधान गर्दै जाने विश्वास दिलाउदै उनले जो कोही कैदी बन्दीहरुले मुद्दा लड्नु आफ्नो आर्थिक अवस्थाले नपुगेर जेलजीवन बिताइरहेको पाइएमा निशुल्क रूपमा नेकपाले विना खर्च मुद्दा लड्न पीडितलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अन्तमा नेताकार्यकर्ता एक अर्कामा टिका लगाएर भव्यताको साथ जनयुद्ध दिवस मनाएका छन् । सो अनौपचारिक कार्यक्रममा जनयुद्धले देखाएको बाटोमा एकिकृत जनक्रान्तिको माध्यमदेखि क्रान्ति सम्पन्न गरेर छाड्ने नेतारकार्यकर्ताहरुले प्रतिबद्धता गरेका थिए । सो कार्यक्रममा जिल्ला इन्चार्ज, सेक्रेटरी लगायत नेतारकार्यकर्ताहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :