महिला जोदाहाहरू अभिनन्दित

भीमप्रसाद चापागाईं / काठमाडौं : अनेम सङ्घ क्रान्तिकारी केन्द्रीय समितिको सातौँ पूर्ण बैठकले पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचन खारेजीका क्रममा प्रहरी हिरासत र जेलको कहर भोग्नुहुने महिला जोदाहाहरुलाई मङ्गलबार काठमाडौँमा अभिनन्दन गरेको छ । नेकपा स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले उनीहरुलाई अभिनन्दन गर्नुभएको हो । अभिनन्दित हुनेहरुमा बन्धु चन्द, धीरेन्द्राकुमारी उपाध्याय ‘भृकुटी’, इन्दिरा मिश्र, विष्णु कोइराला, लक्ष्मी तामाङ, खड्ककुमारी राई, सिसम शाही, मिथिला चौहान, प्रमिला लामा, शालु मगर, टीका न्यौपाने र मीना राजधामी छन् । अभिनन्दनपछि प्रमुख अतिथि कञ्चनले हिरासत र जेल जीवन बिताएर रिहा भएका महिलाहरुलाई पार्टीले बधाई ज्ञापन गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘जेल भनेको क्रान्तिकारीहरुका लागि सङ्घर्षको मोर्चा हो । यो राजनीतिको विश्वविद्यालय पनि हो । क्रान्तिकारीहरुका लागि समाज परिवर्तनको तयारी गर्ने एउटा अवसर पनि हो ।’ उहाँले आगामी दिनहरुमा पनि यसप्रकारका सङ्घर्षका मोर्चाहरुमा अझ जुझारु भएर उत्रिन महिलाहरुलाई आह्वान गर्नुभयो ।

२०७४ भदौ १३ गते १०  : २४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :