
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको सातौं पूर्ण बैठक काठमाडौं, कलंकीमा शुरु भएको छ । संगठनले स्थानीय तहको निर्वाचनमा आफ्ना संगठनका विभिन्न तहका आस्थाका बन्दीहरुलाई अभिनन्दन गर्ने भएको छ ।
बैठकका प्रमुख अतिथि नेकपाका स्थायी समिति सदस्य तथा विदेश विभाग इन्चार्ज धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले सम्मान–पत्रसहित अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । बैठकको अध्यक्ष नेकपाकी केन्द्रीय सदस्य तथा अनेमसंघ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्दले गरेकी छन् । बैठक जारी छ ।
२०७४ भदौ १३ गते २ : ३६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्