अर्घाखाँचीको नरपानीमा रहेको चुनढुङ्गा उत्खनन् कार्य नेकपाद्वारा बन्द

अर्घाखाँचीको नरपानीमा रहेको चुनढुङ्गा उत्खनन् कार्य नेकपाद्वारा बन्द

सन्धिखर्क : अर्घाखाँचीको भूगर्भ सिमेन्टद्धारा सञ्चालन भइरहेको सिमेन्ट उद्योग प्रा.लि. नरपानी चुनढुङ्गा उत्खनन् कार्य नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले बिहीबार बन्द गराएको छ ।

अर्घाखाँचीको मुख्य बिबादितमा रहेको सामाजिक, आर्थिक, पर्यावरण र पर्यटनमा प्रत्यक्ष प्रभाव पारेको अर्घाखाँचीमा ठोस उपलब्धि प्राप्त हुन नसकेको, प्रकृतिको चरम दोहन गर्ने चुनढुङ्गा भइरहेको यसलाई बन्द गराउनु पर्ने आम जनगुनासो आएपछि बन्द गरेको नेकपा अर्घाखाँची नगर इन्चार्ज नविन खड्काले जानकारी दिए ।

उत्खनन् कार्यलाई रोक्दै नेपाल कम्युनिस्ट पार्टीका सेक्रेटरी खेम घर्तीले जनताबाट आम गुनासो आएको श्री भृकुटी नि.मा.वि. आदर्श मा.वि. र शिवमदन मा. वि. मा उत्खनन् कार्यले गर्दा उत्पन्न भएको ध्वनिले पठनपाठनमा असर गरेको, उत्खनन् भइरहेको क्षेत्रको ठिक तल विद्यालय रहेकोमा ढुङ्गा खसी विद्यार्थीहरूलाई लाग्न सक्ने सम्भावना रहेको, धुलोधुवाले गर्दा विद्यार्थीहरू स्वास्थ्यमा समेत असर पार्ने, गोरुसिङ्गे–सन्धिखर्कमा चल्ने यात्रुबाहक गाडी, मोटरसाईकल लगायतबाट गुनासो आएको र यसको समाधानका लागि पटक–पटक स्थानिय सरकारलाई ध्यान आकर्षण गराउँदासमेत बेवास्ता गरेपछि बन्द गर्नुपरेको बताएका छन् ।

यस्तै अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा नेकपा सन्धिखर्क भुमिकास्थान र सन्धिखर्क नगर इन्चार्ज तथा युवा नेता नवीन खड्काले जनता र यातायात व्यवसायीको व्यापक गुनासो आएपछि हाम्रो पार्टीले बन्द गरेको बताउँदै बन्द भएको चुन खानी कसैले चलाए ठूलो मुल्य चुकाउनु पर्ने बताए ।

नेपाल कम्युनिस्ट पार्टीले बन्द गराउनु पर्ने निम्न मागहरु ब्यानरमा उल्लेखित छ –

ईआईएको नियमपालना नगरेको, जलवायुमा प्रत्यक्ष असर पारेकोले, खानेपानीका मुहानहरू सुक्दै गएकाले, टिप्पर तथा बाटोको क्षमता भन्दा बढी चुनढुङ्गा बोकी दुर्घटनाको सम्भावना बढेकोले, गोरुसिँगे सडकखण्डमा चल्ने सम्पूर्ण सवारी साधनमा यात्रा गर्ने यात्रीहरूको पटक–पटक गुनासो आएकोेले, अर्घाखाँचीको जनताहरूको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा खानी बन्द गर्नुपर्छ भन्ने गुनासो आएकोले, अर्घाखाँचीको पर्यटकीय क्षेत्रलाई प्रत्यक्ष असर गरेकोले, खानी सम्बन्धी नियमलाई उलङ्घन गरेको र सरोकार वाला निकाय मौन रहेकोले ।

जनताद्वारा सङ्कलित निम्न मागहरू रहेका छन् –

यस क्षेत्रको पर्यावरण बिनास र मरुभूमिमा परिणत भएकोले शर्त बमोजिम हरियाली र बनको उचित संरक्षण नहुँदासम्म उत्खनन् कार्य तत्काल रोक्ने, सन्धिखर्क गोरिसिङ्गे सडक उत्खनन् टिप्परको कारणले आमनागरिकले शास्ती खेप्नुपरेको हुँदा यस सन्दर्भमा तत्काल वैकल्पिक सडकको प्रयोग गर्ने र गोरिसिङ्गे सन्धिखर्क सडक खाल्टा र बिग्रेको स्थानमा तत्काल मर्मत गर्ने, उत्खनन् देखि छोटो दुरीमा रहेका घरपरिवारलाई तत्काल उचित राहतसहित स्थान्तरण गर्ने, यो क्षेत्र पर्यटकीय आकर्षकको केन्द्र भएको हुँदा उत्खननले कुरूप बनाएको क्षेत्रमा तत्काल संरक्षण गर्ने, उत्खनन् नजिकै रहेका विद्यालयमा हुने ध्वनि प्रदुषण र स्थानीय समुदायमा पर्ने ध्वनि प्रदुषण निराकरण हुने उपाय तत्काल अबलम्बन गर्ने, खानेपानी समस्या समाधानको लागि वैकल्पिक व्यवस्था र उपाय कम्पनीको लगानीमा तर्जुमा गर्ने, तत्काल वातावरण बिज्ञको अनुगमन र निगरानीमा स्थानीयको सहभागितासहित वातावरण अडिट गराउने, उत्खनन् गरि लगेको चुनढुङ्गाको विवरण सार्वजनिक गरि कति राजस्व देश र समाजलाई बुझाएको छ यसबारे तत्काल छानबिन गरिनुपर्ने, स्थानीय बिकासलाई प्राथमिकता राखी यस क्षेत्रमा गार्डन खेल मैदान र अन्य अधारभुत बिकास सुनिश्चित गर्ने र स्थानीय स्तरका गुनासोलाई तत्काल यथोचित तवरले सम्बोधन गर्ने ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :