सिरहामा संगठन सुदृढ तथा बिस्तार अभियान तिव्र

सिरहामा संगठन सुदृढ तथा बिस्तार अभियान तिव्र

सिरहा : जनमतसङ्ग्रहका लागि संगठन सुदृढ तथा बिस्तार अभियान २०७८ भब्य रुपले सफल पारौँ । भन्ने मुल नाराका साथ सञ्चालन गरिएको केन्द्रीय अभियान टिम नम्बर ४ ले सिरहा जिल्लाको गोलबजार ४ महरा टोलमा गरिएको जनभेलाबाट युवा संगठन नेपालले मोहित महराको संयोजत्वमा २५ सदस्यीय टोल इकाई कमिटी गठन गरिएको छ ।

श्रमिक समुदाय मोर्चा नेपालले डोमा महराको संयोत्वमा ११ सदस्यी टोल इकाई कमिटी गठन गरेको छ । अखिल नेपाल महिला संघ क्रान्तिकारीको रामपरि महराको संयोजत्वमा १५ सदस्यीय टोल इकाई कमिटी गठन गरिएको छ । जनभेलामा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सिरहा–सप्तरी इन्चार्ज बलवान्, श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सचिव रामकुमार पासवान, युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य तथा ४ नम्बर टिम प्रमुख बिचारमान, सप्तरी जिल्ला सेक्रेटरी बिमलाको उपस्थिति रहेको थियो ।

जनभेलामा मन्तव्य राख्दै उचितले संसदीय दलाल व्यवस्था खारेजी र प्रगतिशील संयुक्त सरकारको गठन, प्रगतिशील सरकारको नेतृत्वमा जनमतसङ्ग्रहको व्यवस्था चुन्ने, चुनाब गर्नुपर्ने सबै उत्पीडित लगायत आम नागरिकले साथ दिनुपर्ने बताए । बिचारमानले एमसीसी खारेजी नहुँदासम्म नेपाली जनताले लड्नुपर्ने बताए । उनले दलाल नेताहरुकै कारण एमसीसी नेपाल भित्रन खोजेको आरोप लगाए । वडा अध्यक्ष, मेयर, संसद र मन्त्री चुन्ने चुनाबमा भोट नहाल्न जनतालाई अपिल गरिएको थियो । अब भोट माग्न आउनेलाई पहिला ऐलानी जग्गाको लालपुर्जा माग्नु लालपुर्जा पाए मात्र भोट हाल्नुपर्ने बताए । खाडी मुलुकमा दासको सरहा जीवन बिताइरहेको छोरोलाई नेपालमै रोजगारको ग्यारेन्टी गर अनि बल्ल भोटको कुरा गर्न उनले बताए ।

जनभेला अगाडि महराटोलमा युवा मार्च पास गरिएको थियो । ठाउँठाउँमा वालपेन्टिङ गरिएको थियो । श्री श्रमिक आधरभुत विद्यालयलाई सरसफाई गरिएको छ । कार्यक्रम जीबन तामाङले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :