मिडिया मोर्चा क्रान्तिको अग्रमोर्चा हो : प्रकाण्ड

मिडिया मोर्चा क्रान्तिको अग्रमोर्चा हो : प्रकाण्ड

सुर्खेतः नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले मिडिया मोर्चा क्रान्तिको अग्रमोर्चा भएको बताएका छन् ।
सोमबार सुर्खेतको वीरेन्द्रनगरमा जनपत्रकार संगठन नेपालमा आवद्ध पत्रकारहरुसँगको भेटघाट तथा छलफल कार्यक्रममा प्रवक्ता प्रकाण्डले मिडिया मोर्चा क्रान्ति सफल बनाउने क्षेत्रमा विगतमा माक्र्स, लेनिनको पालामा पनि अग्रमोर्चा भएको बताएका हन् । उनले इतिहासमा माक्र्स, लेनिन, माओ आफैले पनि पत्रिकाको सम्पादक भएर मिडिया मोर्चा समाल्नु भएको उल्लेख गरे ।
आधारभूत रुपमा अरु भन्दा भिन्न पार्टी र जनपत्रकार संगठनको मोर्चा भएको भन्दै उनले एकीकृत जनक्रान्ति सफल बनाउन जनपत्रकार संगठनको महत्पूर्ण भूिमका हुने बताए । प्रवक्ता प्रकाण्डले जनताको पार्टी र नेतृत्व एक मात्र नेकपा भएकाले अहिले सिंगो राष्ट्रले आफ्नो पार्टी प्रति आसा गरेको बताए ।
उनले भने, “अब जनताको आसा नेकपाले मात्र पूरा गर्छ, आज क्रान्तिकारी विचार, पार्टी र नेतृत्व नेकपासँग मात्र छ । तपाईहरुले जनताको पक्षमा कलम चलाउनु होस् ।”
प्रवक्ता प्रकाण्डले आफ्नो पार्टी महान सम्भावना बोकेको पार्टी भएको भन्दै अहिलेको व्यवस्थाको संकटको निकास पनि यहि पार्टीले उठाएको राजनीतिक एजेण्डाबाट पूरा हुने दावी गरे ।
विश्वमा क्रान्तिकारी र पूँजीवादी मान्यता बोकेका मिडियाहरु भएको भन्दै उनले क्रान्तिकारी मान्यता बोक्ने मिडियाहरुले मात्र जनताको पक्षमा काम गर्न सक्ने बताए ।
पूँजीवादी मान्यता बोक्ने मिडियाहरुले दलाल, भ्रष्ट र राष्ट्रघाती तत्वहरुको सेवा गरेको भन्दै त्यस विरुद्ध क्रान्तिकारी जनपक्षीय मिडियाहरु लाग्नु पर्ने बताए । सो अवसरमा नेकपाका केन्द्रीय सदस्य एटमले जनपत्रकारहरुले जनताको मुक्तिको भूमिका पूरा गर्न आग्रह गरे ।
कार्यक्रममा सहभागी नेकपा सुर्खेत जिल्ला सेक्रेटरी ध्रुबले पत्रकार मोर्चा र पार्टीको मोर्चा जनताको हितमा केन्द्रीत हुनुपर्ने बताए । छलफलमा सहभागी जनपत्रकार संगठनका पत्रकारहरुले मिडियाको स्तर वुद्धि, थप विकास र विस्तार गर्न आवश्यक भएको सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :