विद्यमान कर्मचारीतन्त्रका समस्या र राष्ट्रिय स्वाधिनताको प्रश्न अन्तरक्रिया सम्पन्न

विद्यमान कर्मचारीतन्त्रका समस्या र राष्ट्रिय स्वाधिनताको प्रश्न अन्तरक्रिया सम्पन्न

काठमाडौँ: विद्यमान कर्मचारीतन्त्रका समस्याहरु र राष्ट्रिय स्वाधिनताको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय कर्मचारी महासंघ, नेपालको आयोजनामा प्रभावकारी जनसेवा र पेशागत अधिकार सुनिश्चिताका लागि टेड्र युनियन, आमूल परिवर्तन र नयाँ नेपाल निर्माणको अभियानमा कर्मचारी परिचालन भन्ने मूल नाराका साथ बिहीबार काठमाडौँको बार एशोसियनको हलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले मुलुकको सार्वभौमिकता इतिहासकै गम्भिर अवस्थामा रहेको कुरा बताएका छन् ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चिरन पुन मिलनले तीन बुँदे सहमति पालनाप्रति राज्यलाई इमान्दार बन्न आग्रह गरे । राज्यसँग गरिएको तीन बुँदे पालना नगरिएकोबारे संकेत गर्दै भने,–`कि तपाईहरु सुन्नुहोस् कि परिस्थितिको सामना गर्न तयार हुनुहोस् ।`
देश रहे पो हामी रहन्छौ, देश नै नरहे के हुन्छ, त्यसैले सम्पूर्ण देशप्रेमी कर्मचारीहरु एमसीसी विरुद्धको संघर्षमा एक ठाउँमा उभिएर नागरिक दायित्व पूरा गर्नुपर्छ, उनले भने ।
एक अर्काे प्रसंगमा केन्द्रीय सदस्य मिलनले भने, `नेपाल गरिब हुनु भन्दा पनि गरिब बनाइएको छ त्यसमा पनि पैसा नभएरै होइन मूख्य समस्या दलाल उत्पादन सम्बन्धमा आधारित राज्यव्यवस्था हो । यसबारे दिगो मुक्ति र जनवादको पूर्ण प्रत्याभूति गर्न नागरिकलाई जनमत संग्रहको माध्यमबाट व्यवस्था छान्न दिनुपर्छ ।”
सोही अन्तरक्रियाका अर्का वक्ता नेपाल सरकारका पूर्व मूख्य सचिव एवम् चीनका लागि पूर्व नेपाली राजदुत लिलामणी पौडेलले २०४६ को जनआन्दोलनको शुरुवात नै छिमेकी देशको प्रधानमन्त्री नेपाल आएर भएकोले आन्दोलन पछिको एजेण्डा समेत उनीहरुकै रुची अनुसार सेट गरिएको बताए । ०६२/६३ पछि पनि त्यही समस्या र प्रवृत्ति दोहोरिएकाले मुलुकले यो अवस्थाा भोग्नु परेको बताए ।


वरिष्ठ अधिवक्ता एवं राष्ट्रिय जनअधिकार अभियान नेपालका संयोजक एकराज भण्डारीले – संविधानमा मौलिक अधिकारबारे निकै राम्रा–राम्रा कुराहरु लेखिएको तर व्यवहारमा लागु नगरिएको बताए । उनले भने, `ती कुरा लागु गर्ने बित्तिकै यो राज्य नै रहन्न, लेखिएको त विश्व जनमतलाई नेपाल पनि लोकतान्त्रिक मान्यताहरुप्रति प्रतिबद्ध छ भन्ने देखाउनलाई मात्रै हो, संसदिय व्यवस्था भनेको नै यही हो ।`

उनले राजनीतिक प्रणाली र पद्धति नै बिग्रेकाले कर्मचारीतन्त्र पनि जनमूखी र सुधारउन्मुख हुन नसकेको बताए । उनले भने, `कैयौ कर्मचारीहरु स्वच्छ र इमान्दार पनि छन्, तर इमान्दारीताको उचित हिसाब किताब हुने पद्धति नै नभएपछि उनीहरु निरीह हुनु परेको छ ।”

अन्तरक्रियाका अर्का वक्ता पेशागत महासंघका सचिव डा. रिषिकेश पन्थीले कर्मचारी प्रशासनको उत्पत्ति, महत्व, यसको जनमूखी चरित्रको आवश्यकताबारे सार्वजनिक प्रशासनका विद्धानहरुको धारणाबारे उदृध गर्दै आफ्नो प्राज्ञिक विश्लेषणसहित मन्तव्य राखेका थिए ।
टेड्र युनियन काँग्रेसका केन्द्रीय अध्यक्ष पुस्कार आचार्यले लोकतन्त्रका आधारभूत मान्यताहरुको संवैधानिक र व्यवहारिक ग्यारेण्टी विना कर्मचारीहरुको पेशागत अधिकारको समेत ग्यारेण्टी हुन नसक्ने बताएका थिए । राष्ट्रिय कर्मचारी महासंघ नेपालका अध्यक्ष टोप बहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा सहिद परिवार समाजका केन्द्रीय संयोजक खुमा सुवेदी लगायतका वक्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :