महासचिव विप्लवलाई सहिद परिवार तथा स्थानीयहरुद्वारा भोजपुरमा भव्य स्वागत

महासचिव विप्लवलाई सहिद परिवार तथा स्थानीयहरुद्वारा भोजपुरमा भव्य स्वागत

भोजपुरः विगत १ हप्तादेखि पूर्वी नेपालमा रहेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सहितका केन्द्रीय नेताहरूलाई पार्टीका नेताकार्यकर्ता, सहिद परिवार तथा स्थानीय जनताहरूले भोजपुरमा भव्य स्वागत गरेका छन् ।

केन्द्रीय कार्यालयको टोलीसहित भोजपुर पुगेका महासचिव विप्लवले एकीकृत जनक्रान्तिका सहिद निरकुमार राई प्रशान्तको परिवारसँग भेटघाट गर्दै निरकुमारको सपना पूरा गरेर छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

साथै महासचिव विप्लव सहितको टोलीले प्रतिबन्धको समयमा पक्राउ परी भोजपुर कारागारमा रहेका विकास, बाबुराम, बिरेन्द्र, रत्न लगायतलाई कारागारमै पुगेर भेटघाट गरेका छन् । महासचिव विप्लवसहित केन्द्रीय नेताको टोलीले जेलमा रहेका नेताकार्यकर्ताको परिवारसँग समेत भेटघाट गरेका छन् । प्रतिबन्ध फुकुवा पश्चात् विप्लवले पहिलोपटक पूर्वमा विभित्र कार्यक्रममा सहभागी भएर सम्बोधन गर्दै सहिद परिवार तथा कारागारमा रहेका नेताकार्यकर्तालाई भेटघाट गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :