सरकारी गठबन्धनको विजयी

काठमाडौं / भदौ ६ : नेपाल पत्रकार महासंघको २५औं महाधिवेशनबाट सरकारी गठबन्धनका अध्यक्ष गोविन्द आचार्यको समूह विजयी भएको छ । सोमबार भएको निर्वाचनमा आचार्य प्रेस चौतारी र प्रेस सेन्टर गठबन्धनका उम्मेदवार थिए । कांग्रेस र माओवादी केन्द्र निकट सो गठबन्धनले एमाले निकट प्रेस चौतारी गटठबन्धनका तीर्थ कोइरालालाई १०५ मतले पराजित गरी विजयी भएको हो । आचार्यले ७३२ मत प्राप्त गरे भने काइरालाले ६२७ मत प्राप्त गरे । अन्य ससदस्यमा खुल्ला उपाध्यक्ष विपुल पोखरेल, समावेसी उपाध्यक्ष दिलिप थापामगर र महासचिव रमेश विष्ट, खुल्ला सचिव रामप्रसाद दाहाल, महिला सचिव लक्ष्मी पुन, आदिवासी जनजाति सचिव उदय जिएम, मधेसी सचिव शितलप्रसाद महतो र कोषाध्यक्ष राजेश विष्ट विजयी भएका छन् ।

२०७४ भदौ ६ गते १० ४८ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :