लौ आयो रातो खबर भिडियोसहित

लौ आयो रातो खबर
आयोआयो अब तातो खबर
दुश्मनलाई थर्काउने, क्रान्तिज्वाला दन्काउने
एकीकृत जनक्रान्तिको विगुल फुक्दै आन्दोलनको ।
बिहानीको मिर्मिरेमै वर्गयुद्धको खबर बोकी
शिरमा कफन बाँधी अब, जनक्रान्तिको रहर बोकी
दन्किएको ज्वाला जस्तै, समुद्रको छालजस्तै
लौ आयो … … …

दुश्मनको संगीनले हाम्रो क्रान्ति रोकिन्न भनी
संसद्वादी षड्यन्त्रले हाम्रो यात्रा छेकिन्न भनी
अजङ्ग त्यो चट्टानजस्तै स्पातिलो ज्वारजस्तै
लौ आयो … … …

पूर्व–पश्चिम गर्जिएर उठ बन्दुक बोक भनी
गाउँ–सहर एकैसाथ दलाललाई ठोक भनी
ज्वालामुखी विस्फोट जस्तै कुर्ली आउने
चट्याङजस्तै

लौ आयो रातो खबर
आयो आयो अब तातो खबर
दुश्मनलाई थर्काउने क्रान्तिज्वाला दन्काउने
एकीकृत जनक्रान्तिको विगुल फुक्दै आन्दोलनको

भिडियोसहित

२०७४ भदौ ६ गते ७ : ५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :