समानता


कविता

चोलोको तुना र
धुजाधुजा भएको उनको चोलो कहाँ
शिरमा शिरफूल नसिउरेर नहिँड्ने
तिम्रो रबाफ कहाँ
उनी अभागी
जन्मिन गरिबको कोख
तिमी भाग्यमानी
जन्मियौँ धनीको कोखमा ।
तिमी उर्वर माटो उनी रुखो पाखो
कहिले हुन्छ र समान दुई किनारको
हो, सपना फुल्ने देखेरै
मैले मल हालेको माटोमा
बिउ पनि रोपेको
तर टुसामै निमोठिनु परेपछि
मेरो फुल्ने रहरहरू
मसँगै सती जान बाध्य पारिए

२०७४ भदौ ५ गते ५ : १५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :