एकातिर विप्लव अर्कोतिर नेपाली सेना

thabang काठमाडौं / भदौ ४ : रोल्पाको चर्चित गाउँ थवाङमा यतिबेला एकातिर प्लिव नेतृत्वको नेकपाले धमाधम निर्माण कार्य गरिरहेको छ भने अर्कोतिर नेपाली सेनाले निर्माण कार्य गरिरहेको छ । नेकपाका केन्द्रीय सदस्य नन्दलाल बुढामगर ‘विजय’ को नेतृत्वमा ‘सहिद स्मृति भवन निर्माणाधीन छ भने नेपाली सेनाले क्याम्पस भवन निर्माण गरिरहेको छ । जनतामा प्रभाव विस्तार गर्न र नेकपाको काउण्टरमा सो काम गरिरहेको नेकपाको बुझाई छ । तर नेपाली सेना र नेकपाका बीचमा त्यहाँ कुनै तनाब भने छैन । नेकपाका नेता नन्दलाल बुढामगर ‘विजय’ भन्छन् ‘जेठ २४ गते सेनाका जवान आएर तपार्इंहरुको भवन बनाउन ८ लाख दिन्छौं । सरकार वा अरु कसैले पठाएको होइन, हाम्रै तलबबाट बचाएर दिन चाहेको हो भनेका थिए । तर हामीले लिएनौं ।’ ‘नेता हौं भन्छन ढुंगा बोक्छन् कस्ता मान्छे हुन् यी ?’ सेनाका जवानहरुले गाउँमा भन्ने गर्छन् । ढुंगा बोक्दा बोक्दा विजय, सुन्दर वलीलगायतका नेताहरुको ढाडको छाला उत्रेको छ । अहिले पनि सेनाका जवान र विप्लवका कार्यकर्ता रोल्पामा वरपर आ–आफ्नै शैलीमा सामाजिक काम गर्दैछन् ।

२०७४ भदौ ४ गते ११ : १५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :