अमेरिकामा फेरी हिंसा

काठमाडौं / भदौ ४ः अमेरिकामा साउन २८ गते भर्जिनियास्थित सार्लोद्सभिलमा भएका प्रदर्शनले हिंसात्मक स्वरुप लिएपछि तनाव बढेको छ । भर्जिनिया राज्यमा गत शनिबार भएको नश्लवादी प्रदर्शनको क्रममा १ जनाको मृत्यु र कैयौं घाइते भएका थिए । त्यस्तै शनिबार अमेरिकाकै बोस्टन शहरमा नाजी समर्थक ‘गोरो सर्वोच्चता समूह’ ले अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै विरोध प्रदर्शन गरेका छन् । ¥यालीको विरोध प्रदर्शनमा दशौँ हजार जनाले सहभागिता रहेका थिए भने प्रहरी विरुद्ध नाराबाजी र ढुङ्गा हानिएपछि २० जनालाई पक्राउ गरिएको बोस्टन ग्लोब समाचारपत्रले जनाएको छ ।

२०७४ भदौ ४ गते ९ : ४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :