तीन बुँदे सहमति उल्लंघन गर्दै नेकपा इलामका नेतालाई पुनः गिरफ्तार

तीन बुँदे सहमति उल्लंघन गर्दै नेकपा इलामका नेतालाई पुनः गिरफ्तार

इलामः नेपाल कम्युनिस्ट पार्टी इलामका तत्कालीन जिल्ला इन्चार्ज पुष्प कोइरालालाई जिल्ला अदालतले रिहाइ गर्न आदेश दिएपनि प्रहरीले ३ बुँदे सहमति विपरित पुनः गिरफ्तार गरेको छ । जिल्ला अदालत इलामले कोइरालालाई ५ लाख धरौटीमा रिहा गरे सकेपछि पनि प्रहरीले अदालत परिसरबाटै पुनः पक्राउ गरेको छ।

आज जिल्ला अदालत इलाममा ५ लाख रूपैयाँ धरौटी रकम तिरेर रिहा भएका कोइरालालाई अदालत परिसरबाटै पुनः पक्राउ गरि प्रहरीले संखुवासभा लैजाने तयारी गरिरहेको बताइएको छ ।

प्रतिबन्धको समयमा २०७७ बैशाख २२ गते इलामबाट गिरफ्तार परेका तत्कालीन जिल्ला इन्चार्ज कोइरालालाई अहिले पनि प्रहरीले बम विष्फोट, सांगठनिक अपराध लगायतका विभिन्न मुद्दा लगाइराखेको छ । राज्य र नेपाल कम्युनिष्ट पार्टी बिच भएको ३ बुँदे सहमतिमा सबै नेकपाका नेताकार्यकर्तालाई रिहा गर्ने र मुद्या खारेज गर्ने भनिएको छ तर उनको पुनः गिरफ्तारीले राज्य र  नेपाल कम्युनिस्ट पार्टी बीच भएको ३ बुँदे सहमतिको उल्लंघन भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकार बीच २०७७ फागुन २१ मा तीन बुँदे सम्झौता भएपछि पार्टीमाथिको प्रतिबन्ध फुकुवा गरिएको थियो । तीन बुदे सहमतिमा नेपाल कम्युनिस्ट पार्टी प्रतिबद्ध रहेपनि सरकारले सहमति अनुरूप काम नगरेको भन्दै सर्वत्र आलोचना भइरहेको छ ।

राज्यसँग तीन बुदे सम्झौता गरेर प्रतिबन्ध फुकुवा भएपनि नेकपाका सयौं कार्यकर्ता अझैसम्म जेलमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :