डोनाल्ड ट्रम्प पागल भएको आरोप

काठमाडौं / भदौ १ : भेनेजुयलाका लोकप्रिय दिवंगत पूर्व राष्ट्रप्रमुखका उत्तराधिकारी निकोलस माडुरो विरुद्द अमेरिकाले सैन्य हमला गर्ने धम्की दिएको छ । अमेरिकी धम्कीलाई भेनेजुयलाका रक्षमन्त्री भ्लादिमिर पादरिनोले ‘पागलपन’ भनेका छन् । ट्रम्पको धम्कीलाई अमेरिकाको साझेदार पेरुसमेतले निन्दा गरेको छ त्यसअघि अमेरिकाले उत्तरकोरिया र इरानमाथि सैन्य हमला गर्ने धम्की दिइसकेको छ । अमेरिकी स्वार्थका विरुद्ध आत्मनिर्भर अर्थतन्त्र र ‘समाजवादी व्यवस्था’ को विरुद्ध पैरवी गरेपनि अमेरिकाको सो धम्की आएको हो । विगत २० वर्षदेखि माडुरोले ह््युगो चावेजले चालेको आर्थिक, सामाजिक सुधारका कदमलाई अघि बढाउँदै आएका छन् । अमेरिकी धम्की पुँजीवादी विचार र संस्कृति मान्न बाध्य पार्ने आतंककारी कदमका रुपमा हेरिएको छ ।

२०७४ भदौ १ गते ११ : ४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :