अछाम–काठमाडौं सम्पर्क मञ्चको समिति गठन

करनसिंह बडाल / काठमाडौं, साउन ३१ : गोविन्द विष्टको संयोजकत्वमा २० सदस्यीय अछाम–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चको भेला आयोजक समिति गठन भएको छ । समितिका अन्य सदस्यहरूमा राम विश्वकर्मा, नरेश भण्डारी, धनराज विक, बसन्त सोडारी, राजन रेग्मी, माधव रेग्मी, समर्पण चलाउने, विकास भुल, गोरखसिंह ढोली, रोहित भुल, हस्तकुमार विक, दिनेशबहादुर चलाउने, धनबहादुर विक, भीमबहादुर विक, तपेन्द्र विक, नरेश विक, दीपेन्द्र सुनुवार, छत्र विक, विपुलकुमार भुल रहेका छन् । सो कार्यक्रममा प्रमुख अतिथि नेकपाका वैकल्पिक केन्द्रीय सदस्य मकर गुरुङ रहेका थिए ।

त्यसैगरी अन्य अतिथिहरूमा अछाम जिल्ला इन्चार्ज तथा सेक्रेटरी दर्शन, जनगणतान्त्रिक सम्पर्क मञ्च साधारण शाखा सेक्रेटरी रत्न मगर, सेती ब्युरो कार्यालय सचिव डबल शाह, जनगणतान्त्रिक सम्पर्क मञ्चका वरिष्ठ उपाध्यक्ष सुरेश अधिकारी र सचिव पूर्ण श्रेष्ठ, काठमाडौं जिल्ला सदस्य हरि चन्द रहेका थिए । राधजानीको प्रदर्शनी मार्गस्थित आरआर क्याम्पसको समाकक्षमा सम्पन्न उक्त कार्यक्रमको संचालन गोविन्द विष्टले गरेका थिए भने अध्यक्षता सो संगठनका सेम ब्युरो इन्चार्ज करनसिंह बडालले गरेका थिए ।

२०७४ साउन ३१ गते ९ : २२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :