तन्दा

कसैका अधुरा सपनाहरू
कसैका पूरा सपनाहरू
अनि कसैका विपनाहरू
सबैलाई एउटै टोकरीमा खाँदेर
रुट नमिल्ने कसको छतमा राखेर
ती कसरी पुग्छन् गन्तव्यमा
रातको कालो बर्को ओढेर
निष्पट अन्धकारमा भुस्याहा कुकुरसमेत
निदाउन सक्दैन तर निदाइरहेको थ्यो ऊ
भयानक त्रासद रातमा
राता घोडाहरू सबै मूलबाटो हुँदै
बाबु वेगमा दौडँदै थे बादशाहको घरबारतिर
लगाम कसेपछि रोकिए एकाएक
बिहान नहुँदै सूर्योदय भइसकेको
हौवा पिट्यो रेडियो नेपालमा
ब्युँझेर हेर्दा त आफ्नै बगलमा
घोडाहरूको महान् घोडाको
लास पल्टिरहेको रहेछ ।

२०७४ साउन ३१ गते ८ : ५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :