सबै क्रान्तिकारीहरूबीच पार्टी एकता हुनुपर्छ : सीपी गजुरेल

सबै क्रान्तिकारीहरूबीच पार्टी एकता हुनुपर्छ : सीपी गजुरेल

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता सीपी गजुरेलले यो देशको क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउनका लागि सम्पूर्ण क्रान्तिकारी वामपन्थी पार्टीहरूबीच एकता हुनुपर्ने बताएका छन् ।

नेकपाले आज खुलामञ्चमा आयोजना गरेको राष्ट्रघाती एमसीसीविरुद्ध जनसभमा सम्बोधन गर्दै नेता गजुरेलले अमेरिकी सहयोग एमसीसीबाटै ल्याउनुपर्ने कारण के हो भनी प्रश्न गरेका छन् । उनले अमेरिकाले नेपालको विकास, उन्नति र प्रगतिका लागि नभएर देशको प्राकृतिक स्रोतसाधन लुट्ने उद्देश्यले एमसीसीमार्फत नेपालमा ब्रह्मलुट मच्चाउन आएको बताए । उनले नेपालको हित चाहने हो भने सीधै सहयोग नगरेर किन एमसीसीमार्फत गरेको भनी अमेरिकालाई प्रश्न गरे । नेपाललाई अफगानिस्तान बनाउने र नेपालमा टेकेर चीनलाई घेर्ने उद्देश्यले अमेरिकामा नेपालमा आएको भन्दै उनले एमसीसी पारित भएको खण्डमा नेपाल युद्धभूमिमा परिणत हुने बताए ।

नेपाली जनताले नेपाललाई सिरिया बनाउन नचाहेको, बरु स्वाधीन बनाउन चाहेको भन्दै नेता गजुरेलले एमसीसी सम्झौता कुनै पनि हालतमा नचाहिएको प्रस्ट पारे । उनले हरेक नेपाली जनतालाई एमसीसी मुर्दावाद भन्न पनि प्रस्ताव गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :