माओवादीको जवाफ डिआइजीलाई, अतिवादीको आरोप लगाउनु नालायकीपन सरकारको पुष्टी हो

Maoist leader Netra Bikram Chand. THT file photo.

काठमाडौं :  कात्तिक १०,  नेपाल प्रहरीले आफ्नो पार्टीलाई अतिवादी समूहमा राखेकोमा नेत्रविक्रम चन्द ( विप्लव ) नेतृत्वको नेकपा (माओवादी) ले कडा टिप्पणी गरेको छ । पार्टीका एक नेताले जनताको एजेण्डा वोकेको, राष्ट्रिय मुक्तिको लागि लढ्ने  पार्टीलाइ अतिवादी समूहको आरोप लगाउनु सरकारको नालायकीपन  भएको बताए । 

पोलिट व्यूरो सदस्य  अनिल शर्मा (विरही)ले भने, ‘देशमा कुनै राजनितीक स्थिरता ल्याउन नसक्नेहरुले आफ्नो नालायकीपन छोप्नको लागि जनताको पार्टीलाइ अतिवादीको विल्ला भिराउनुमा कुनै अर्थ छैन ।’ अर्का युवा नेता तिलक मल्ल (क्षिंतिज)ले भने, ‘सीमाक्षेत्र मिचिएका छन्, जंगे पिलर रातारात सारिएका छन् । नेपाल प्रहरीले त्यहाँ अतिवाद देख्दैन । सीमामा बस्ने नेपाली जनतामाथिको अत्याचार र उत्पिडनको वारेमा बक्तव्यवाजी नगर्ने तर जनताको एजेण्डा वोकेकोे पार्टीलाइ अतिवादी भन्नु प्रहरीले गरेको राजनीति हो ।’

नेपाल प्रहरीको विशेष व्युरोका डिआइजी बमबहादुर भण्डारीले मंगलवार पत्रकार सम्मेलनमा सुरक्षा निकायको नजरमा नेकपा (माओवादी) अतिवादी  अन्तर्गत पार्टी  रहेको वताएका थिए । त्यसपछि नेकपा (माओवादी)  को यस्तो प्रतिक्रिया आएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :