नेपाल कम्युनिस्ट पार्टी रसुवाले पनि एमसीसी सम्झौता जलायाे

नेपाल कम्युनिस्ट पार्टी रसुवाले पनि एमसीसी सम्झौता जलायाे

नेपाल कम्युनिस्ट पार्टी रसुवाले एमसीसी विरुद्ध विरोध कार्यक्रम तथा एमसीसी पत्र जलाएको छ । रसुवाको काकलिका चोकमा आयोजित विरोध एवं एमसीसी सम्झौता जलाउने कार्यक्रममा बोल्दै सेक्रेटरी विराजले देशको स्वाधीनताको रक्षाका लागि आम जनता एकताबद्ध हुँदै एमसीसीलाई खारेज गर्नु पर्ने धारणा राखे । यो दलाल संसदीय व्यवस्थाको अन्त्य गरि वैज्ञानिक समाजवादको स्थापना गरेपछि मात्र देश र जनताको भविष्य उज्ज्वल हुने बताए ।

कार्यक्रममा विशेष कमिटीका ध्रुब, युवा संगठन नेपालका जिल्ला अध्य्यक्ष जीवन, कालिका गाउँपालिका इन्चार्ज बालकृष्ण लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :