बर्दिबास र बुटवलमा सरकारी कलेज खोल्ने

काठमाडौं  /  साउन ३० :   डा. गोविन्द केसीको दबावपछि सरकारको निर्देशनमा त्रिभुवन विश्वविद्यालयले महोत्तरी जिल्लाको बर्दिबास र रुपन्देहीको आंगिक (सरकारी लगानीको कलेज) मेडिकल कलेज खोल्ने निर्णय गरेको छ । डा. केसीलाई प्रमुख मागहरु मध्ये हरेक प्रदेशमा कम्तिमा एक–एक वटा आंगिक मेडिकल कलेज खोल्नु पर्ने छन् । त्रिवि उपकुलपति शेरबहादुर देउवाको अध्यक्षतामा आइबार बसेको त्रिवि सभाले यस्तो निर्णय गरेको हो । सरकारको आर्थिक वर्ष २०७४÷७५ को बजेट प्रकरण २२४ बमोजिम सो निर्णय कार्यन्वयन गर्न लागिएको त्रिविका उपकुलपति तीर्थ खनियाँले बताएका छन् । चालुु बजेटमा सो कलेजका लागि ६ अर्व ३ करोड रुपैयाँ विनियोजन गरिएको छ । जग्गा, शिक्षक, कर्मचारी दरबन्दी र अन्य सहयोगका लागि त्रिविले सरकारसँग माग गर्ने त्रिवि सभाले निर्णय गरेको छ । यसैविच आइतबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्य सञ्चालन समितिले बैठकमा नेता अर्जुनरसिंह केसीलगायतका नेताहरुले डा. केसीको माग पूरा नगरेकोमा रोष प्रकट गरेपछि प्रम देउवाले नेकपा एमालेको कारण माग पूरा गर्न नसकेको आरोप लगाएका छन् ।

२०७४ साउन ३० गते १० : ४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :