टिकादेबी शर्माकाे स्मृतिमा श्रद्धाञ्जली सभा तथा अक्षयकोष हस्तान्तरण कार्यक्रम सम्पन्न

टिकादेबी शर्माकाे स्मृतिमा श्रद्धाञ्जली सभा तथा अक्षयकोष हस्तान्तरण कार्यक्रम सम्पन्न

सल्यानः यही भाद्र १४ गते निधन हुनुभएकी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य सविन पोख्रेलकी आमा तथा दलित मुक्ति मोर्चा नेपालकी केन्द्रिय उपाध्यक्ष एवं पूर्व सांसद सीता विक सम्झनाकी सासुआमा टीका देबी शर्माको स्मृतिमा  सल्यानमा श्रद्धाञ्जली सभा तथा अक्षयकोष हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य सितलले दिबङगत टिकादेबी शर्माको सामाजिक, पारिवारिक र सांस्कृतिक योगदानले समाज रुपान्तरणमा महत्वपूर्ण देन रहेको चर्चा गरे । प्रगतिशील संस्कृती र संस्कार अबलम्बन गर्ने कुराले समाजमा सांस्कृतिक जागरण ल्याउन सघाउ पुर्याउने र यस्तो संस्कार अबलम्बन गर्न सबैले ध्यान दिनुपर्ने बताए ।

परिवारले आमाबुवाको स्मृतिमा अक्षयकोष स्थापना गरेकोमा खुसी समेत उनले व्यक्त गरे । देशको राजनीतिको बारेमा कुरा गर्दै उनले अहिलेको राजनीतिक संकटको हल भनेको प्रगतिशील संयुक्त सरकार जनमत संग्रह र वैज्ञानिक समाजवादमा मात्र भएकोले यस बाटोमा अग्रसर हुन सबैलाई अपिल गरे । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य विश्वसहित विभिन्न पार्टीका स्थानीय नेताहरू र बुद्धिजीवी लगायतले श्रद्धाञ्जली मन्तव्य दिएका थिए ।

बुवा आमाको स्मृतिमा अक्षयकोष स्थापना
यसैबीच उक्त श्रद्धाञ्जली सभा कार्यक्रममा दिबङ्गत आमा टिकादेबी शर्मा, बुवा उमाला शर्मा र आमा बिष्णु हमालको स्मृतिमा छोरा बाल कृष्ण शर्मा सविनले श्री नारायण माध्यमिक विद्यालय कुमाख २ रुमालगाउँमा टिकादेबी उमालाल बिष्णु शर्मा स्मृति छात्रवृत्ति अक्षयकोषको स्थापना गरेको घोषणा गरिएको छ । उक्त अक्षयकोषको लाभांशबाट एसीईई परिक्षामा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने गरिब तथा जेहेन्दार विद्यार्थी एक जना छात्रा र एक जना छात्रलाई प्रत्येक वर्ष पुरस्कृत गरिने कार्यविधिमा उक्त विद्यालयका प्रअ देबेन्द्र बहादुर रावत र दिबङगत आमा टिकादेबी शर्माका छोरा सविनले हस्ताक्षर गरे ।

उक्त अक्षयकोषको हस्तान्तरण दिबङगत बुवा आमाकी जेठी छोरी तथा जनयुद्धका सहिद पुर्ण प्रसाद शर्मा कार्बनकी जीवन सङ्गीनी सरस्वती शर्माले विद्यालयका प्रअ देबेन्द्र रावतलाई गरिन् । उक्त अक्षयकोषको रकम दुई लाख सैतिस हजार रुपैयाँ दिबङ्गत आमा बुवाका छोरी तथा सहिद पत्नी सरस्वती शर्मा, नाति राजेन्द्र शर्मा, छोरी विजया शर्मा, ज्वाइँ ज्ञानु कुमार शर्मा, छोरा नेपाल सरकारका उपसचिव राम बहादुर हमाल, छोरी उमा शर्मा, ज्वाइँ श्रीकृष्ण शर्मा, छोरी टीका शर्मा, छोरा रामकुमार शर्मा, नवराज शर्मा र छोरा सविन पोख्रेल, बुहारी सीता विक सम्झना, नेपाल कम्युनिस्ट पार्टी दाङ, नेपाल कम्युनिस्ट पार्टी सल्यानद्वारा संयुक्त रुपमा स्थापना गरिएको छ ।

उक्त अक्षयकोषको घोषणा गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दिबङगत आमा टीका देबी शर्माका छोरा सविन पोख्रेलले एउटा प्रगतिशील संस्कृति र संस्कारलां माया गर्ने र प्रेरणा दिने आमालाई गुमाउदा पिडाबोध भएको बताउदै आफुहरुको अन्तरजातीय विवाहलाई स्वीकार गरेर बुहारीलाई गृह प्रवेश गराएर आमाले आफ्नो जीवनकालमा ठूलो क्रान्ति गरेको स्मरण गरे । आमाको जैविक शरीरको विघटन भएपनि आमाको पारिवारिक, सामाजिक र सांस्कृतिक योगदान समाज र आफ्नो लागी सधैँ जीवित रहीरहने भन्दै आमाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे । स्वागत मन्तव्य दिदै बुहारी सीता विक सम्झनाले सासु आमा टीका देबीले सामान्ती जातीवादी संस्कारका विरुद्ध मौन बिद्रोह गरेर आफुहरुलाई मातृत्व प्रदान गरेको र नेपालको सांस्कृतिक जागरणको आन्दोलनमा एउटा नमुना भएको स्मरण गरिन् ।

उक्त कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी सल्यान र दिबङ्गत टीकादेबी शर्माको घरपरिवारको संयुक्त आयोजनामा भएको हो । कार्यक्रममा नेकपा सल्यानका नेता लोकपाल केसी महेन्द्र, युवा सगठन नेपालका केन्द्रीय सदस्य तिलक योगी, नेकपा पश्चिम रुकुमका नेता नरेन्द्र विक, राष्ट्रिय उद्दोग वाणिज्य महासंघका केन्द्रिय सदस्य भद्र वली, विद्यार्थी नेता टंक केसी, दिबङ्त टिकादेबी शर्माका आफन्तजन र स्थानीयहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता नेकपाका केन्द्रीय सदस्य छोरा सविन पोख्रेलले गरेका थिए भने कार्यक्रमको सञ्चालन नेपाल कम्युनिस्ट पार्टी सल्यानका सेक्रेटरी नारायण चन्दले सन्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :