एमसिसि सम्झौता विरुद्ध पाल्पामा प्रदर्शन

एमसिसि सम्झौता विरुद्ध पाल्पामा प्रदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी पाल्पाले एमसिसी सम्झौताको विरुद्धमा विरोध प्रदर्शन गरेको छ । नेकपाले जिल्लाको रिब्दिकोट गाउँपालिका देउरालीमा आज विरोध सभा सम्पन्न गरेको हो । सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका रिब्दिकोट गाँउपालिका इन्चार्ज आकाशले एमसिसी सम्झौता कुनै पनि हालतमा पास गर्न नहुने बताए । नेपालमा एमसिसी पास भएमा नेपाली देश र जनता पराधिन हुने भन्दै एमसिसी नेपालमा कुनै पनि हालतमा पारित गर्न नहुने बताए । कोणसभाको संचालन नेपाल कम्युनिष्ट पार्टीका रिब्दीकोट गाउँपालिका सचिव राजीवले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :