राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध नेकपा धादिङको बिरोध सभा

राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध नेकपा धादिङको बिरोध सभा

धादिङ : नेपाल कम्युनिस्ट पार्टी धादिङले राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध विरोध सभा सम्पन्न गरेको छ । नेकपाको साताव्यापी केन्द्रीय कार्यक्रम अनुसार सदरमुकाम धादिङबेशीमा विरोध सभा गरेको हो ।

बिरोध सभामा नेपाल कम्युनिस्ट पार्टी धादिङ पुर्व जिल्ला इन्जार्च तथा विशेष समिति सदस्य रामबहादुर श्रेष्ठले अमेरिकाले नेपाललाई इन्डोप्यासिपिक सैन्य रणनीति अनुसार नेपालमा भारत चीनका बीचमा बसेर नेपाललाई सैन्य अखडा बनाउँन खोजेको भन्दै एमसीसीलाई खारेज गर्नुपर्ने बताए । उनले अमेरिका जुनजुन देशमा पुगेको छ, त्यहाँ बिगारेको मात्र इतिहास छ नेपाललाई पनि आफ्नो सैन्य रणमैदान बनाउँन अमेरिकी साम्राज्यवादले एमसीसीको नाममा नेपाल छिर्न खोजेकाले सबै नेपाली सचेत रहनुपर्ने कुरामा जोड दिए ।

यसैगरी बिरोध सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी धादिङका सेक्रेटरी सुमन क्षेत्रीले एमसीसीलाई कुनै पनि हालतमा नेपालमा आउन नदिन सबै राष्ट्रप्रेमी जनसमुदायहरूले राष्ट्रघाती एमसीसी परियोजना बहिष्कार गर्नुपर्ने बताए । उनले सहयोग लिदिनु पर्यो भन्दै नेपालका संसदवादी राजनीतिक पार्टीका घरघरमा मिलिनियम च्यालेन्ज कर्पोरेसन परियोनाकी उपाध्यक्ष फतिमा सुमार चाहारी रहेको भन्दै त्यो भित्र ठूलो रहस्य लुकेकाले सबै नेपाली जनताहरू सचेत हुनुपर्ने बेला आएको बताए ।

उक्त बिरोध सभालाई पार्टीका जिल्ला सदस्य तथा अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का केन्द्रीय सचिव सागरले पनि सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला पार्टी सदस्य विरोचनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :