एमसीसी सम्झौताविरुद्ध कपिलवस्तुमा सात राजनीतिक पार्टी/मोर्चाको सभा हुँदै

कपिलवस्तु : अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्ध कपिलवस्तुमा सात राजनीतिक पार्टी/मोर्चा एकै ठाउँमा उभिएका छन् ।

नेपाल सरकारले एमसिसी सम्झौता संसदबाट पास गर्ने तयारी गरिरहेको पुर्व सन्ध्यामा एमसीसी कम्प्याक्ट अपरेसनकि उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोली राजनीतिक दबाब सिर्जना गर्न चारदिने नेपाल भ्रमणमा आएसँगै राष्ट्रिय राजनीतिक माहोल झनै तातिएको छ ।

काठमाडौ उपत्यकाका विभिन्न ठाउँमा बिरोधमा उत्रिएका प्रदर्शनकारीलाई नेपाल प्रहरी व्यापक धरपकड गरेको छ । देशका अधिकाश जिल्ला र महत्वपूर्ण शहरहरूमा एमसीसीविरुद्ध सङ्घर्ष चलिरहेको बेला यता कपिलवस्तुमा सात पार्टी/मोर्चा; नेपाल कम्युनिस्ट पार्टी, नेकपा (मसाल), नेकपा माले, नेकपा (क्रान्तिकारी) माओवादी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चा एमसीसी बिरुद्धको सङ्घर्ष एकै ठाउँमा उभिएका छन् ।

सात दलीय मोर्चाले आज कपिलवस्तुको तौलिहवामा एमसीसी सम्झौताविरुद्ध संयुक्त बिरोधसभा आयोजना गर्ने एक प्रेस वक्तव्यमार्फत जानकारी दिएको छ ।

अमेरिकी सहयोग परियोजना सम्झौता संसदबाट पास गर्न खोजिँदैछ यसका बिरुद्ध सम्पूर्ण देशभक्त, बुद्धिजीवी, शिक्षक, कर्मचारी, क्रान्तिकारी, वामपन्थी शक्तिहरूको व्यापक बिरोध हुँदाहुँदै पनि पास गराएर देशलाई अफगानिस्तान बनाएर यहाँका स्रोतसाधन अमेरिकी साम्राज्यवादलाई बुझाउन खोजिँदैछ । यसका विरुद्ध सम्पूर्ण देशभक्त, युवा, विद्यार्थी, बुद्धिजीवी, व्यापारी, शिक्षक, कर्मचारीले शसक्त रुपले एमसीसीका विरुद्ध सङ्घर्षमा उत्रन हामी अनुरोध गर्दछौँ वक्तव्यमा भनिएको छ ।

जनलहरको सम्पर्कमा आएका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव कमल केसीले सात दल/मोर्चाहरूले आज (शुक्रबार) कपिलवस्तुको तौलिहवामा दिउँसो १ बजे बिरोधसभा गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :