नेकपा दाेलखाद्वारा कालिञ्चोक ६ नं. वडामा युवा विद्यार्थीको संयुक्त भेला प्रशिक्षण सम्पन्न

नेकपा दाेलखाद्वारा कालिञ्चोक ६ नं. वडामा युवा विद्यार्थीको संयुक्त भेला प्रशिक्षण सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी दोलखाले जनसंगठन तथा जनसेवा अभियान अन्तर्गत कालिञ्चोक गाउँपालिका वडा नं. ६ मा युवा विद्यार्थीको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न भएको छ ।

भेलाबाट प्रशान्त थामीको संयोजकत्वमा ५ सदस्यीय युवा वडा कमिटी गठन गरिएको छ । साथै विद्यार्थीमा गोपाल थामीलाई चरिकोट क्याम्पस संयोजक तोकिएको छ ।

भेलामा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी आकश शर्माले सरकारसँग गरेको ३ बुँदे सहमति कार्यन्वयन वैज्ञानिक समाजवादको लागि जनमत संग्रह गर्नुपर्ने भन्दै सहभागीलाई प्रशिक्षणसहित नवगठित कमिटीलाई शुभकामना दिएका थिए । अर्का अथिति पार्टीका जिल्ला समिति सदस्य सोम पाख्रिनले नवगठित कमिटीलाई प्रशिक्षण र बधाई तथा शुभकामना दिदै जनमतसंग्रहको लागि सबै जनता लागि पर्नुपर्ने बताए ।

त्यसैगरी पार्टीका जिल्ला समिति सदस्य तथा अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक विशाल जिरेलले दलाल संसदीय व्यवस्थाले विद्यार्थी र युवाहरुलाई आफ्नै देशमा काम गर्नु भन्दा विदेश जान बढी उक्साउने काम गरेको भन्दै त्यसका विरुद्ध एकजुट भएर लाग्न सबै युवा विद्यार्थीलाई आग्रह गरे । भेला कार्यक्रमको सञ्चालन जिल्ला समिति सदस्य भरत थामीले गरेका थिए । उउले नवगठित कमिटीलाई प्रतिबद्ध भएर लाग्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :